पशुपतिमा सुनको जलहरी लगाउने प्रधानमन्त्रीको निर्णयविरुद्ध सर्वोच्चमा रिट
पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा छुट्टाछुट्टै दुई रिट निवेदन दर्ता गरिएको छ। वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुङ्गानाले रिट निवेदन दायर गरेका हुन्।