आज प्रतिनिधि सभा बैठक बस्दै छ । बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जानकारी दिएको छ।
यसअघि फागुन २६ गतेकै बैठक पनि पूर्व र बहालवाला सांसदको निधनमा शोक प्रस्ताव पारित गरेर सकिएको थियो।