मैले आँखा मिचेँ । आफैँलाई चिमोटेँ । यो सबै सपना भइदियोस् प्रभु । तर हैन, म विल्कुलै विपनामा थिएँ । सम्म मिलेको यही चिया बगानको काखैमा त थियो नि वनफेदी
लकडाउनको सयौँ दिनसम्म शहरको एक गल्लीभित्रको सानो गुफामा गुम्सिएर गुमनाम थिएँ म । बैंकको खाताले चार अंकमा उपस्थिति जनाउन थालेपछि मैले शहर छाड्ने निर्णय गरेँ ।