नेपाल सरकारले लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ । लकडाउन खुकुलो पार्ने रणनीती अन्तर्गत मंगलबार राती १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको सरकारका प्रवक्ता, अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो