‘हेपाटाइटिस् सी’ भाइरस पत्ता लगाउने तीन वैज्ञानिकलाई नोबेल पुरस्कार
‘हेपाटाइटिस् सी’ भाइरस पत्ता लगाउने तीन वैज्ञानिकलाई चिकित्सातर्फको नोबेल पुरस्कारद्वारा सम्मानित गरिने भएको छ । भाइरस पत्ता लगाउने दुई अमेरिकी र एक बेलायती वैज्ञानिकलाई नोबेल पुरस्कार दिइने भएको हो ।