१२ जेष्ठ २०८०, शुक्रबार

फेरी एक महिनाका लागि निलम्बनमा कर्णाली प्रदेशका तीन सांसद



१२ असार, सुर्खेत । नेकपा (एमाले)बाट निर्वाचित ३ जना कर्णाली प्रदेश सभा सदस्य फेरि निलम्बनमा परेका छन् । नेकपा (एमाले) भित्रको चरम आन्तरिक विवादका बीच नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकार जोगाउन फ्लोर क्रस गरेर कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीई विश्वासको मत दिएका तीनै जना सांसदलाई एमाले कर्णाली प्रदेश संसदीय दलले निलम्बन गर्ने निर्णय गरेको हो ।

कर्णाली प्रदेशसभा सचिवालयबाट सूचना सार्वजनिक गर्दै एमाले संसदीय दलको बैठकले प्रदेश सभा सदस्यहरू अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई निलम्बन गरेको जानकारी गराएको छ । कर्णाली प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीले सूचना सार्वजनिक गर्दै तीनै जनालाई निलम्बन गरिएको जानकारी दिएका हुन् ।

नेकपा (एमाले) ले यस अघि पनि प्रदेश सभा सदस्य प्रकाश ज्वालासहित उनीहरूलाई निलम्बन गरेको थियो । सर्वोच्चले पुनर्वहाली गरेपछि कर्णाली प्रदेश सरकारमा मन्त्री समेत रहेका तीन नेतालाई फेरि निलम्बनको निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको