२४ श्रावण २०७९, मंगलवार

कर्णाली नदीमा बाढीको नालीबेली र अवस्था



११ असार, काठमाडौं । यस बर्षको मनसुन सुरु भएदेखि लगातार परिरहेको झरी बर्षातसँगै आएको बाढी, पहिरो, नदी कटान लगायतका दैवी प्रकोपका कारण देशका बिभिन्न ठाउँमा नदी खोला किनारका बस्तीहरूमा ठुलो जनधनको क्षति भइरहेको छ ।

एकपछि अर्को ठाउँमा बाढीको वितण्डाले निम्त्याएका दुर्घटनाका विवरणहरू आम संचारका माध्यम र सामाजिक संजालमार्फत् आइरहँदा आम जनजीवन त्रसित बनिरहेको छ ।

वर्षातको सुरुवातसँगै मेलम्ची लगायतका स्थानहरूमा भइरहेको जनधनको व्यापक क्षतिले नागरिकहरूको बस्ने बास, खाने गास, लगाउने लत्ताकपडा, दैनिक जीवनका लागि हर समयमा आइपर्ने आवश्यकताको गर्जो टार्ने खाद्यान्न, नगद तथा जिन्सी मालवस्तुहरू सबै गुमेको छ । आफ्ना लागि भनेर जोहो गरेका सम्पूर्ण सामानहरू बाढी पहिरोले आँखै अगाडि बगाएर नष्ट भइरहेको दृश्य टुलुटुलु हर्दै सकेसम्म आफ्नो ज्यानसम्म जोगाउँदै खुला आकासमुनि निरीह भएर बाँच्नका लागि संघर्ष गर्नुपर्ने पर्ने बाध्यता बनेको छ ।

केहि सातादेखि मात्रै वर्षायामको सुरूवात भएकाले वर्षाको क्रम रोकिने अवस्था छैन । मौसमविदहरूले पनि अझै केही दिन झरी पर्ने भनेर गरिरहेका विश्लेषणले जनजीवन आतंकित भइरहेको छ ।

निरन्तर भइरहेको वर्षातका कारण नेपालकै सबैभन्दा लामो र दोश्रो ठुलो नदी कर्णालीमा पानीको वहाव उच्च हुँदै गएको छ । पहाडी भु–भाग एवम् कर्णाली नदी किनारामा अवस्थित दैलेख जिल्लाको एकमात्र समथर भूमि राकम कर्णालीको उर्वर खेतियोग्य जमीनको कटान र बस्तीहरु डुबानमा पर्ने क्रम सुरु भइसकेको छ ।

स्थानिय जनताको श्रमदानबाट जाली बुन्ने र ढुङ्गा भर्ने काम गरी तार–जालीको अस्थायी तटबन्ध निर्माण गरेर नदीको वहाव कम हुन जाँदा गाउँ बस्ती केही मात्रामा जोगिएर अहिलेको यो स्वरुपमा देख्न पाइएको हो । यदि त्यसरी त्यतिखेर मेहनत नगरिएको भए अहिलेको यो बस्ती पाताल भएर इतिहास भइसकेको हुने थियो भन्ने यथार्थ सबैले बुझिदिनु हुनेछ । तर त्यसबाट नै गाउँबस्ती सम्पूर्णरुपमा सुरक्षित भइसकेको अवस्था भने छैन । ढुंगा भरिएका अधिकांश तार जालीहरु खिया लागि सकेका छन्, मक्किसकेका छन् र कैयौँ ठाउँबाट जाली च्यात्तिएर ढुंगाहरू झरिसकेकाले फेरी नदी किनारका राकमबासीका लागि खतरापूर्ण अवस्था सिर्जना भएको छ ।

वि.सं २०१८ सालदेखि नदी कटानमा परेर करिव एक सय परिवार घरवारबिहिन भएर अन्यत्र बसाइँ सरिसकेकय छन् । वि.सं. २०२४/२५ सालदेखि साविकको राकम कर्णाली गाविस वडा नम्बर २,३,४ र ५ मा बसोबास गरिरहेका गाउँबासीहरूको आफ्नै बाहुबलका भरमा गरेको श्रमदान र आर्थिक वर्ष २०४३/४४ देखि स्वर्गवासी वुवा पदमसिंह माझी (तत्कालिन प्रधानपञ्च) र यो पंक्तिकारको पहलमा जिल्ला प्रशासन कार्यालय, दैलेखबाट संस्था दर्ता ऐन,२०३४ अनुसार ‘राकम कर्णाली तटबन्ध उपभोक्ता समिति’ नामक संस्थाको विधिवत दर्ता भयो । त्यसयता सिंहदरबार भित्रका मन्त्रालयहरू, जिल्ला विकास समिति, जिल्ला भु–संरक्षण कार्यालय, सिंचाइ कार्यालय, क्षेत्रीय सिंचाइ निर्देशनालय,सुर्खेत,नेपालगञ्ज तथा पञ्चायतकालिन रापंसहरु स्व.केशव ब शाह, डा.प्रेम ब.शाही, बहुदलिय व्यवस्था आइसकेपछिका साँसद बिनोद शाह, शिवराज जोशी, राज बहादुर बुढासमेतको सहयोगमा सरकारी अनुदानबाट प्राप्त भयो । उक्त रकमबाट तार जालीहरू खरिद गरी स्थानिय जनताको श्रमदानबाट जाली बुन्ने र ढुङ्गा भर्ने काम गरी तार–जालीको अस्थायी तटबन्ध निर्माण गरेर नदीको वहाव कम हुन जाँदा गाउँ बस्ती केही मात्रामा जोगिएर अहिलेको यो स्वरुपमा देख्न पाइएको हो । यदि त्यसरी त्यतिखेर मेहनत नगरिएको भए अहिलेको यो बस्ती पाताल भएर इतिहास भइसकेको हुने थियो भन्ने यथार्थ सबैले बुझिदिनु हुनेछ । तर त्यसबाट नै गाउँबस्ती सम्पूर्णरुपमा सुरक्षित भइसकेको अवस्था भने छैन । ढुंगा भरिएका अधिकांश तार जालीहरु खिया लागि सकेका छन्, मक्किसकेका छन् र कैयौँ ठाउँबाट जाली च्यात्तिएर ढुंगाहरू झरिसकेकाले फेरी नदी किनारका राकमबासीका लागि खतरापूर्ण अवस्था सिर्जना भएको छ ।

यस्तै अवस्था विद्यमान हुँदा बिगतमा २०५७/५८ सालतिर कर्णाली नदीको वहावलाई तारजालीले धान्न नसकेर तटबन्ध भत्किंदा तार बजार नजिकैका केही घर पसलहरू र बर्खे बाली धान रोपेका खेतहरू, ऐतिहासिक वर पीपल चौताराहरूसहितका संरचनाहरू एकैछिनमा बगाई नदीमा परिणत भएको थियो । त्यसपछि सोही बर्षको हिउँदमा तुरुन्त तारजालीमा ढुँगा भरेर मर्मत सुधार गर्दा अहिले अलिकति भएपनि त्रासदिबाट राहत, वर्षेनि हुने क्षति न्युनिकरण भएको थियो । तर यो बर्ष अत्यधिक बर्षा हुने भनेर मौसमविदहरूद्वारा भविष्यवाणी भइरहेको र देशका विभिन्न ठाउँमा बाढी पहिरोका कारण अकल्नपनिय रूपमा जन–धनको क्षतिका समाचारहरू बिभिन्न माध्यमहरुबाट दैनिक जसो सम्प्रेषित भइरहदा राकमबासीहमा पनि चिन्ता छाएको छ ।

कर्णाली नदीले राकमबासीलाई खानेपानीको (बर्खामा भल पानी खानु पर्ने अहिलेसम्मको बाध्यता छ) सुविधा मात्र छ, खेतमा सिंचाइ हुदैन, वर्षायाममा कति र कसका खेत, जग्गाहरू बगाउने हो भन्ने पिरलो हुने गर्दछ । अहिलेको तारजालीवाला तटबन्धको आयु भरपर्दो छैन, निरन्तर भारी वर्षा भएमा कर्णाली नदीमा आउने बाढीलाइ धान्न थेग्न नसक्ने खतरा बढदो छ । त्यसका लागि स्थानिय आठवीस नगरपालिका, इलाका प्रहरी कार्यालय, राकम कर्णाली, जिल्ला दैवी प्रकोप उद्धार समिति, जिल्ला प्रशासन कार्यालय, दैलेख, जिसस, दैलेख, सिंचाइ,भु–संरक्षण, कृषि र स्वास्थ्य कार्यालयहरू, गैर सरकारी संस्थाहरू तथा रेडक्रस सोसाइटी जस्ता राहत तथा उद्दार गर्ने निकायहरू, प्रदेश सरकार आदि सबैको बेलैमा ध्यानाकर्षण होस् । सम्भावित दुर्घटना हुनसक्ने स्थल सदरमुकामदेखि टाढा रहेको राकम कर्णाली र कर्णाली नदी किनारका बस्तीहरूमा राहत तथा उद्दार जनशक्ति र सामग्रीहरूसहितको पूर्वतयारी र व्यवस्था भएमा सम्भावित दुर्घटना न्युनिकरणमा मद्दत पुग्ने र जनतामा सुरक्षाको अनुभुति भएर सरकारप्रतिको भरोसामा वृद्धि हुन सक्दछ ।

समस्या समाधानका लागि सरकारसँग निवेदनः

यसका साथै आगामी दिनमा राकम कर्णालीका जनताको उर्वर कृर्षियोग्य जमीन र वासस्थानको संरक्षण गर्न न्युनतम १५ मीटर उचाई र १,००० मीटर लामो सिमेन्ट प्रयोग गरिएको पक्की पर्खाल (तटबन्ध) निर्माण गर्नु जरूरी छ । कर्णाली नदीको डुबान र कटान रोकथाम र नियन्त्रण गरी जनताको छाक बासको संरक्षण गरी दिनका लागि सम्बन्धित सरकारी निकाय, कृयाशील सबै राजनीतिक दलहरू,गैरसरकारी संस्थाहरू सबै–सबैमा हार्दिक अपील गर्दछौँ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको