१५ आश्विन २०८०, सोमबार

महाधिवेशन केन्द्रित छलफलमा जुटे विमलेन्द्र, शशांक र प्रकाशमान



११ असार, काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिदै गर्दा उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह छलफलमा जुटेका छन् ।

महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध गठबन्धन बनाउने तयारीमा रहेका कांग्रेसका यी नेताहरू शशांक निवास महाराजगञ्जमा छलफलमा जुटेका हुन् । उनीहरूबीच आसन्न महाधिवेशनमा केन्द्रित रहेर छलफल भइरहेको शशांक कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिएका छन् ।

यसअघि पनि यी तीन नेताहरुले बानेश्वरस्थित निधि निवासमा छलफल भएको थियो । निधिले आगामी भदौमा हुने पार्टीको १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन् । सोही तयारी अनुसार उनले नेताहरूसँगको छलफललाई तीव्रता दिएका छन् ।

निधिले सभापति शेरबहादुर देउवालाई आफुलाई सहयोग गर्न अनुरोध गर्दा देउवाले आफै सभापनि उठ्ने बताएका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको