१ आश्विन २०७८, शुक्रबार

मन्त्रीहरूको जिम्मेवारी हेरफेरः अर्थमन्त्री पौडेललको पोल्टामा गृहसहित ३ मन्त्रालय



१० असार, काठमाडौं । सर्वोच्च अदालतले मन्त्रीपरिषद विस्तार बदर गरिदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बचेका ४ जना मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरेका छन् ।

रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राख्दै उपप्रधानमन्त्री विष्णु पौडेललाई अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ र गृह मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

त्यस्तै मन्त्री कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, श्रम रोजगार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

मन्त्री बसन्तकुमार नेम्वाङलाई कृषि तथा पशुपन्छी विकास, खानेपानी, भौतिक पूर्वाधार, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

मन्त्री लीलानाथ श्रेष्ठलाई कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

मन्त्रीहरूको कार्यविभाजन हेर्नुहोस् :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको