१२ जेष्ठ २०८०, शुक्रबार

दोश्रो संसद विघटन र सत्ता लिप्साको रहस्य


पुरुषोत्तम पौडेल
१० असार २०७८, बिहीबार

देश विकासको लागि स्थिरता आवश्यक थियो । स्थिरताको लागि पूर्ण लोकतान्त्रिक संविधान निर्माण भयो । नेपालको संविधान अनुसार २०७४ मा पहिलो आम निर्वाचन भयो । आम निर्वाचनमा बहुमत सहितको सरकार वनाउनु र कम्युनिष्ट आन्दोलनलाई एकिकृत गर्नु आवश्यक थियो । त्यसको मुल जिम्वेवारी नेकपा एमालेको थियो । एमालेका प्रमुख नेताको हेसियतले पार्टी अध्यक्षको पहल आवश्यक थियो । पार्टी अध्यक्षका हैसियतले केपी ओलीले २०७४ असोजमा नेकपा माओवादी केन्द्रसँग संयुक्त चुनावी घोषणा पत्रमा चुनाव लड्ने निर्णय सुनाउनु भयो ।

२०७५ जेष्ठ ३ गते नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गरी नेकपा बनाउने सम्झौंता भयो । कहि नभएको जात्रा हाँडिगाउँ भने जस्तो एउटै कम्युनिष्ट पार्टीमा दुइटा अध्यक्ष राख्ने सहमती भयो । पार्टीको अध्यक्षता र सरकारको नेतृत्व समेत आधा आधा गर्ने समेत सहमती भयो । यती मात्र होइन नेकपा एमालेको कार्यक्रम ‘जनताको वहुदलीय जनवाद’ विसाउने सहमती भएको कुरा समेत सगर्व सुनाउने काम भयो । खै किन हो कुनी अहिले आएर सवै सहमती भङ्ग भए । सत्ता र केवल सत्ता मात्र टिकी रह्यो ।

नेकपाको विलोपीकरण संगै स्वतः नेकपा एमाले जीवित भयो । अनी अध्यक्ष कमरेडले आफु मात्र एमाले भएको स्वघोषणा गर्दै रामवहादुर थापालाई साक्षी राखेर आफ्ना अनुचरहरूको बैठक गर्नु भयो । एमालेको नाममा वहाँले गर्नु भएको गुटगत बैठक र भेला अनी त्यसले गरेको अवैधानिक निर्णय नै अहिलेसम्म एमाले दुई चिरामा बाँडिनुको कारण हो ।

अध्यक्ष कमरेडको सत्तामा असर पर्ने छन्द देखिए सँगै नेकपाको भविष्य खतरामा परेको थियो । पहिलो संसद विघटनले यसलाई नजिक पुर्याई दियो । फागुन २३ गते सर्वोच्च अदालतले पार्टीको नाम नामेसी बाँझिएको भन्दै पार्टी एकता अस्वीकृत गरिदियो । यसपछि त नेकपाको अस्तित्व नै लोप भयो । नेकपाको विलोपीकरण संगै स्वतः नेकपा एमाले जीवित भयो । अनी अध्यक्ष कमरेडले आफु मात्र एमाले भएको स्वघोषणा गर्दै रामवहादुर थापालाई साक्षी राखेर आफ्ना अनुचरहरूको बैठक गर्नु भयो । एमालेको नाममा वहाँले गर्नु भएको गुटगत बैठक र भेला अनी त्यसले गरेको अवैधानिक निर्णय नै अहिलेसम्म एमाले दुई चिरामा बाँडिनुको कारण हो ।

झण्डै दुइतिहाइको शक्तिसहित देशको सत्ताको सिंहासनमा वसेका अध्यक्ष कमरेड अहिले सत्ता संकटको भुमरीमा छन् । ६ वटै प्रदेशका सरकारहरू संकटको सामना गरिरहेका छन । यो सबै पार्टीलाई निजी कम्पनी र सरकारलाई आफ्नो गुटको सम्पत्ति ठान्ने कार्यशैलीको परिणाम हो । नेकपामा हुँदै उनले आफ्ना कुनै सहयोद्धा या कमरेड माधव नेपाल र प्रचण्ड मध्ये कसैलाई प्रधानमन्त्री बनाएर आफु देशको सर्वमान्य नेता बन्न सक्ने ठाउँ थियो । उनले त्यसो गर्न पनि चाहेनन् । उनले चाहेको भए देशमा असल परम्परा, असल राजनीतिक संस्कार र संस्कृती बसाउन सक्थे । देशको संविधान र ठुलो संघर्षवाट प्राप्त लोकतन्त्रलाई नमुना वनाउन सक्थे । उनलाई असल संस्कार तथा संस्कृती भन्दा प्यारो प्रधानमन्त्रीको कुर्सी भयो । उनी आफूले पाएको प्रधानमन्त्रीको सुन्दर कुुर्सीलाई राजनीतिक र संवैधानिक स्थिरतासंग जोड्दै फोस्रो अड्डी लिएर बसिरहेका छन् ।

६ वटै प्रदेशका सरकारहरू संकटको सामना गरिरहेका छन । यो सबै पार्टीलाई निजी कम्पनी र सरकारलाई आफ्नो गुटको सम्पत्ति ठान्ने कार्यशैलीको परिणाम हो । संसारमा एउटै प्रधानमन्त्रीले एउटै अवधीमा एउटै संसद दुई पटक विघटन गरेर नयाँ रेकर्ड राख्नमा मस्त भए । ताज्जुव लाग्दो कुरा छ ।

संसारका संसदीय व्यवस्थामा एकै अवधीमा थुप्रै राम्रा अभ्यास र परम्परा वसेका उदाहरण छन् । हामीले पनि भोलीको लागि असल परम्परा बसाउन सक्थ्यौ । सवै शक्तिहरूलाई मिलाएर राष्ट्र निर्माणमा अघि बढाउन सकिन्थ्यो । कोभिड–१९ जस्तो महामारीले देशलाई संकट ग्रस्त बनाएको बेला सवै शक्तिहरूलाई एकजुट गरेर राम्रो परिणाम आउने गरी काम गर्न सकिन्थ्यो । सहकार्यको सहभागितामूलक नयाँ परम्पराको थालनी गर्न सकिन्थ्यो । यसो गर्नुको बदला उनी बालुवाटारलाई विकृत गुटबन्दी र अवाञ्छित चलखेलको केन्द्रमा परिणत गर्न तल्लीन भए । संसारमा एउटै प्रधानमन्त्रीले एउटै अवधीमा एउटै संसद दुई पटक विघटन गरेर नयाँ रेकर्ड राख्नमा मस्त भए । ताज्जुव लाग्दो कुरा छ ।

आफूले विघटन गरेको संसद विउँतिदा समेत कुनै पश्चाताप गर्न जरूरी ठानेनन । आफू प्रतिनिधि सभामा अल्पमतमा पर्दा पनि कुर्सीमा टाँसिन अप्ठेरो मानेनन् । संसदमा आफैले राखेको विश्वासको मतमा पराजित भएर पदमुक्त हुँदा पनि चमेरोले हाँगो समाते जसरी कुर्सी समातेर बसि रहे । उदेक लाग्दो कुरा छ । आफू यती गाईजात्रामा पुग्दा समेत अरू तिर फर्केर नैतिकता र इमानको चोरी औला ठड्याउन पछि परेका छैनन । यसले उनलाई तत्काल त रमाईलो महशुस भएको होला । अन्ततः यो उनको सन्निकट पतनको बाटो नै हो ।

ओलीको पतनबाट पनि हामीले खुशी हुनुपर्ने ठाउँ छैन । उनले राम्रो गरेर सफल भएको भए हामी सबैको राम्रो हुन्थ्यो । आम जनता र देशको पनि भलो हुने थियो । उनी राजनेता बन्न सक्ने सम्भावना पनि थियो । यत्रो सुनौलो अवसर गुमाएर उनी किन ‘लाजनेता’ बन्न तिर लागेका हुन ? अझै उनको भक्ति पुराणमा मस्तहरूले सत्य बोल्ने आँट गरेका छैनन् ।

उनको पतनबाट पनि हामीले खुशी हुनुपर्ने ठाउँ छैन । उनले राम्रो गरेर सफल भएको भए हामी सबैको राम्रो हुन्थ्यो । आम जनता र देशको पनि भलो हुने थियो । उनी पनि साइवर सेनाले भने जस्तो राजनेता बन्न सक्थे । यत्रो सुनौलो अवसर गुमाएर उनी किन ‘लाजनेता’ बन्न तिर लागेका हुन ? अझै उनको भक्ति पुराणमा मस्तहरूले सत्य बोल्ने आँट गरेका छैनन् । व्यक्ति पुजा र भजन–किर्तनको दासता प्रदर्शन गर्न छोडेका छैनन । दुनीयाँको कुनै पनि देशमा सक्षम, बलियो र परिपक्व राजनीतिक पार्टीको जगमा मात्र देश मजवुत हुन्छ । आफै खिईएर मक्कीएको राजनितीक दलले देशभक्ती र सम्वृध्दीको कथित सपना पुरा गर्न पनि सक्दैन ।

हामीले देशमा गज्जवका प्रधानमन्त्री वनायौं । पटक पटक एउटै विषयमा अध्यादेश ल्याउँछन । संविधानको भावना विपरीत वैठक वसेर नियुक्तीको सिफारिस गर्छन । संसदिय सुनुवाइ छल्न, पटक पटक संसद विघटन गर्छन । कानुन विपरीत अख्तियार सहित विभिन्न संवैधानिक अंगमा नियुक्ती गर्दछन । संवैधानिक अंगमा नियुक्ती गरे लगत्तै असंवैधानीक ढंगले देशको प्रतिनिधी सभा विघटन गरिदिन्छन । हेरौ त । यस्ता नियुक्ती र संसद विघटनले देश र जनतालाई किंचीत फाईदा गरेको छ ? के ओली जीका कृयाकलापले लोकतन्त्रलाई संस्थागत गर्न र राजनीतिक संस्कार निर्माण गर्न थोरै पनि मद्दत पुगेको छ ? के यस्ता गतिविधिले आम जनताको सेवामा कुनै सकारात्मक नतिजा ल्याएको छ ? यस भित्रको नियत र कारण भविष्यमा खुल्दै जाला ।

फेरी पनि ओलीजीले अख्तीयार लगायतका संवैधानिक अंगहरूमा असंवैधानीक ढंगले मनोगत नियुक्ति गरिरहनु भएको छ । के उनी यीनै नियुक्तीहरू बचाउनको लागि संसद विघटन गरी रहेका छन ? अघिल्लो पटक प्रतिनिधीसभा पुनस्थापना भए लगत्तै कमरेड ओलीका एक जना विश्वास पात्रले आफ्नो संसद विघटनको योजना र लक्ष्य पुरा भएको सगर्व वताएका थिए । उनले यस बीचमा विपक्षीहरूको यथेष्ठ भण्डाफोर र सत्ता सुदृढिकरणको आफ्नो लक्ष्य पुरा भएको जानकारी पनि गराएका थिए । अहिले पनि प्रधानमन्त्रीको मनसाय यस्तै देखिन्छ । वहाँले असंवैधानीक विघटन गरेर भए पनि आफ्नो नेतृत्वमा चुनाव गरेर फाइदा लिने, त्यसो नभए आफ्नाहरूको सेवा सफल गर्ने, अन्तमा नियुक्ती पच गरेर विदा लिने सोंच बनाएको देखिन्छ । वस खेल यत्ती हो त ? …..

पौडेल नेपाल सरकारका पूर्व युवा तथा खेलकुद मन्त्री हुन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको