२० श्रावण २०७८, बुधबार

विश्वजगतलाई नेपालको उपहारः १५ दिने हिमालयन शिद्धमहायोगानुष्ठान–२०७८


हरि उपाध्याय
९ असार २०७८, बुधबार

‘स्वस्थताका लागि योग’ भन्ने मुल नाराका साथ विश्वभरी मनाउँदै गरिएको यस पटकको अन्तर्राष्ट्रिय योग दिवस घरमा योग परिवारसँगै योग भन्ने सन्देशलाई पनि प्रवाहित गर्दै आइरहेको छ । कोभिड–१९ का कारण असहज र चुनौतीपूर्ण बनेको विश्वमानव समुदायको मानसिक र शारीरिक स्वास्थ्यलाई सहज र स्वस्थ राख्न योगले विशेष भुमिका खेल्ने विश्वास सहित विश्व स्वास्थ्य संगठनले नै यो अभियानलाई महत्वका साथ अगाडि बढाएको छ । यसै सन्दर्भमा नेपाल स्थित जगतगुरु महायोगी शिद्धबाबा आध्यात्मिक प्रतिष्ठानले विश्व स्वास्थ्य संगठनको यो अभियानलाई मुर्तरुप दिन र आम मानव समुदायलाई घरमै बसेर आफ्नो शारिरीक र मानसिक स्वास्थ्यलाई स्वस्थ र सक्रिय राख्ने उद्देश्य सहित विश्व योग दिवसको पुर्व सन्ध्यामा उचित जिवन चर्य, उचित भोजन चर्य र उचित आत्म संयमका उपायहरू सतिको १५ दिवसिय अनलाइन योगाअनुष्ठान विभीन्न टेलिभिजनहरू र अन्य सामजीक सन्जालमार्फत् लाइव गरी सम्पन्न गरेको छ । प्राचीन आदिवैदिक र आधुनिक दुवै चिकित्सकीय मापदण्डलार्इ आत्मसात् गदै प्रस्तुत गरिएको उक्त कार्यक्रमले आम जनतालाइ स्वस्थ र सन्तुष्ट रहन मार्गनिर्देश गरेको छ भने नेपालसँग भएको विशिष्ट ज्ञान र अद्भुत विधाको बारे विश्वलाई सन्देश समेत प्रवाह गरेको छ ।

यो विशाल ब्रह्माण्डको एउटा सानो अंश पृथ्वीको पनि एउटा सानो अंश मानवले जति ठुलो गरे भन्ठान्दा पनि यो प्रकृतीको सन्तुलन अवधारणाका सामून्ने अर्थहीन हुँदो रहेछ । यो कुरा करिव डेढ वर्ष अगाडि अस्तित्व पहिचान भएको एक सुक्ष्म विषाणु (कोभीड १९) ले प्रमाणित गरिदिएको छ । भौतिक विकासले देखिएको परिवर्तनले मानवको अवस्थामा क्षणिक रूपमा परिवर्तन र सुविधामा वृद्धि देखिए पनि यसले मानिसमा परनिर्भरता, अभिमान, भ्रम आदिको समेत सँगसँगै विकास गराउँदै जाँदो रहेछ ।

हामी धेरैलाई लाग्छ, मलाइ पनि लाग्थ्यो, आधुनिक विज्ञानले निकै फट्को मारेको छ । यसले निकै धरै प्रगती गरेको छ, मानव आवश्कता र चाहनाका सबै कुराहरुलाई सजिलै पुरा गरिदिने सामर्थ्यको विकास गरेको छ । तर यो पूणै सत्य होइन रहेछ, ठुला ठुला इमारत, चिल्ला सवारी साधन, तीब्र गतिका विमान, नयाँ प्रविधिका श्रव्य, दृश्य यन्त्रहरूको आविस्कार, नयाँ नयाँ विषयमा दक्षता आदिले मात्र हामी विकसित भएको नमानिदो रहेछ, अर्थात् एक पूर्ण स्वस्थ र शान्तिमय जिवनयापनमा यी यावत कुराहरूको त्यती ठूलो भूमिका नहुँदो रहेछ । ठुला र महंगा सुक्ष्मदर्शक यन्त्र हुँदैमा सत्यको खोज भैहाल्ने निश्चीतता नहुँदो रहेछ । यो विशाल ब्रह्माण्डको एउटा सानो अंश पृथ्वीको पनि एउटा सानो अंश मानवले जति ठुलो गरे भन्ठान्दा पनि यो प्रकृतीको सन्तुलन अवधारणाका सामून्ने अर्थहीन हुँदो रहेछ । यो कुरा करिव डेढ वर्ष अगाडि अस्तित्व पहिचान भएको एक सुक्ष्म विषाणु (कोभीड १९) ले प्रमाणित गरिदिएको छ । भौतिक विकासले देखिएको परिवर्तनले मानवको अवस्थामा क्षणिक रूपमा परिवर्तन र सुविधामा वृद्धि देखिए पनि यसले मानिसमा परनिर्भरता, अभिमान, भ्रम आदिको समेत सँगसँगै विकास गराउँदै जाँदो रहेछ । भौतिक विकासले यो ब्रह्माण्डको र प्रकृतीको शाश्वत् प्रकृयामा रत्तिभर पनि फरक नपार्दोरहेछ । सत्यको उजागर र पहिचान विपद् र प्रतिकुल परिस्थितीले गराउँदो रहेछ र त्यो अवसर म लगाएत सम्पुर्ण नेपालीहरूका लागि थियो शिद्द महायोगानुष्ठान ।

जगतगुरु महायोगी शिद्दबाबाको सत्संकल्पमा आयोजित १५ दिने यस स्वास्थ्य अनुष्ठानले निषेधाज्ञाको समयलाई फलदायी मात्र बनाएको छैन, यसले त आफू जन्मेको भुमी (देश), आफ्नो संस्कार, हाम्रो सनातनीय परम्परा भित्र लुकेको मानव जिवनमैत्री वैज्ञानीकता, हाम्रो धरातलीय योग विधी आदि धरै कुराको महत्वलाई उजागर गरिदिएको छ । आधुनिक विज्ञान र सुचना प्रविधिको विधार्थी मलाई मानव जीवन र प्रकृती मैत्री विज्ञानको आभास यो अनुष्ठानले गराएको छ । शान्त र समावेशी समाज निर्माणको उद्देश्यले होमिएको एक सामाजिक कार्यकर्ता मलाई आफ्नो शरीर भित्रका अंग प्रत्यंगहरूलाई आफैले गरिरहेको अन्याय र असमानतामूलक व्यवहार प्रती सचेत बनाइदिएको छ । कोरोनाको संक्रमणले अकालमै ज्यान जाने डरले छटपटायको मानव जातिलाई स्वस्थ र सन्तोषमय जिवन यापनका लागि आवश्यक सरल तर अमूल्य जिवन उपयोगी सिपहरू प्रदान गर्यो यो अनुष्ठानले, अक्सिजन सिलिण्डरको अभावमा भौतारिएको मानिसलाई आफ्नै शरीरभित्र अवस्थित अक्सीजनका सिलिण्डरलाई स्वस्थ, सक्रिय र पूर्ण तयार राख्ने दिव्य विधी प्रदान गर्यो यो अनुष्ठानले । त्यसैले त आज अनुभुती हुँदैछ कति शाश्वत्, जीवन उपयोगी र वैज्ञानिक रहेछ हाम्रो संस्कार, हाम्रो वैदिक ज्ञान । त्यसको ज्वलन्त उदाहरण हो जगतगुरू महायोगी शीद्दबाबाबाट विश्व मानव कल्याणका लागि दिएका सुझाव, विधी र उपायहरू वैज्ञानीक र चिकित्सकीय हिसावले सर्वमान्य मात्र नभइकन आम साधारण मानिसले प्रयोगमा ल्याउन सकिने र उत्तिकै व्यवहारिक पनि छन् ।

आजको हाम्रो समाज किन यती धेरै अशान्त र विचलीत छ ? किन मानिसहरू जती धेरै धनी, शिक्षित र प्रतिष्ठित भएपनि आफ्नो स्वास्थ्य र मनसँग सम्बन्धित सामान्य विषयमा पनि अनविज्ञ र परनिर्भर छन ? हरेक नयाँ समयमा नयाँ लक्ष्यसँग आफ्नो सन्तुष्टिलाई जोडेर जीवनयापन गर्ने हामी किन दिगो सन्तुष्टि प्राप्त गर्न नसकेको होला, विश्वका धनी दम्पतिहरू आफ्नो उत्तराद्र्धमा आइपुग्दा किन सम्बन्ध बिच्छेद गर्दछन् ? अरुलाई चुरोट खानु स्वस्थकर छैन भनेर सिकाउने डाक्टरले आफैले चुरोट सेवन किन गर्छन् होला ? जस्ता विविध प्रश्नहरूबाट अनुत्तरित मलाई यो महायोगानुष्ठाले केही महत्वपुर्ण समाधानका सुचक र विधीहरू प्रेरित गरेको छ । यस अनुष्ठानले छोटो समयमै म भित्र भएका आफ्नो व्यक्तिगत र सामाजिक जीवनका लागि प्रतिकुल व्यवहार र आचरणहरूको वोध मात्र गराएको छैन तर ती आचरणहरूलार्इ सुदृढीकरण गर्ने विधीहरूको अभ्यासमार्फत् अनुभुती समेत गराएको छ ।

नुहायर कपडा फेरेर खाना पकाउने, खाने, बच्चा केटाकेटी, फोहोर ठाउँमा काम गर्ने मानीसहरूले छोएको नखाने, खाना पछि मुख कुल्ला गर्ने, शुभ अशुभ कार्य गर्दा अरुबाट छुट्टै बस्ने, मृत्यु संस्कारमा अलगै बस्ने, मासिक धर्ममा छुट्टै बस्ने आदि कुराहरूको यस्तै सुक्ष्म रोग संक्रमणको जोखिमको महत्वपूर्ण उपाय रहेको कुरा यस अनुष्ठानद्वारा गुरुदेवबाट प्रष्ट भएको छ ।

हाम्रो पूर्विय दर्शन र संस्कारमा भएका ती विधीहरू कती धेरै जीवन उपयोगी र वैज्ञानिक रहेछन् भन्ने कुराको प्रष्टता यस अनुष्ठानले ल्याएको छ । नुहायर कपडा फेरेर खाना पकाउने, खाने, बच्चा केटाकेटी, फोहोर ठाउँमा काम गर्ने मानीसहरूले छोएको नखाने, खाना पछि मुख कुल्ला गर्ने, शुभ अशुभ कार्य गर्दा अरुबाट छुट्टै बस्ने, मृत्यु संस्कारमा अलगै बस्ने, मासिक धर्ममा छुट्टै बस्ने आदि कुराहरूको यस्तै सुक्ष्म रोग संक्रमणको जोखिमको महत्वपूर्ण उपाय रहेको कुरा यस अनुष्ठानद्वारा गुरुदेवबाट प्रष्ट भएको छ । हाल कोरोना महामारीबाट बच्नका लागि विस्व स्वास्थ्य संगठनबाट निर्धारित सुरक्षा सूचकहरूले सो कुरालाई पुष्टि गरेको छ । हाम्रो संस्कारमा यो कुरा अनिवार्य गर्नुको कारण यस्तै विभिन्न महामारीहरूबाट जन समुदायलाई बचाउनका लागि गरिएको स्वस्थताको महान अभियान रहेको कुरा पुष्टि गरेको छ । सद्गुरुदेवबाट राखिएका योग, दैनिक जीवन चर्य र आयुर्वेदिक चिकित्सकीय औषधीहरूको समेत भएको विधिकौ दैनिक अभ्यास र उपदेशले उहाँको वहुक्षेत्रीय ज्ञानको विशालतालाई समेत उजागर गरेको छ र यो कुरालार्इ सबै मानव समुदायले आत्मसात् गर्न सके समाजमा स्वस्थता, शान्ति, सहहृदयता र समृद्धी स्थापित हुने कुरा यो महायोगानुष्ठानले सन्देश प्रवाह गरेको छ ।

यस अनुष्ठानमा उल्लेखित विषयवस्तु र शास्त्रीय आधार सहितका विधी र अभ्यासले गरिवी र पछौंटेपनले परिचित नेपाललाई यहाँका अलौकिक संस्कार, अमुल्य प्राकृतिक स्रोत साधन, अमूल्य जडीबुटी, हिमालयन शिद्धमहायोग आदिका माध्यमबाट विश्वसामु एक विशिष्ट पहिचान र आत्म गौरवको विषय बन्न सक्ने आधारहरू समेत प्रस्तुत गरेको छ ।

यो कार्यक्रमले स्वास्थ्य क्षेत्रलाई हाम्रो वैदिक परम्पराले दिएको महत्व र प्रतिपादन गरेका विधी र तरिकाहरू विश्वसामु राखेर आजको विश्व समुदाय र विशेषगरी नेपाली नागरिकहरूका लागि जिम्मेवारीवोध गरी हाम्रो मौलिक शास्त्र, विधी र विज्ञानलाई खोज, अनुसन्धान र प्रवद्र्धन गर्न उन्प्रेरित समेत गरेको छ । यस अनुस्ठानमा उल्लेखित विषयवस्तु र शास्त्रीय आधार सहितका विधी र अभ्यासले गरिवी र पछौंटेपनले परिचित नेपाललार्इ यहाँका अलौकिक संस्कार, अमुल्य प्राकृतिक स्रोत साधन, अमूल्य जडीबुटी, हिमालयन शिद्धमहायोग आदिका माध्यमबाट विस्वसामु एक विशिष्ट पहिचान र आत्म गौरवको विषय बन्न सक्ने आधारहरू समेत प्रस्तुत गरेको छ । यो दिव्य अनुष्ठानको नियमित सहभागिताबाट प्राप्त दैनिक जिवन चर्य, योग विधि, खानपान लगायत विभिन्न ज्ञानहरूले हाम्रो सनातनीय शास्त्र, संस्कार र जिवनयापन भित्र लुकेका विशिष्ट जिवनउपयोगी र वैज्ञानिक पक्षहरूको थप अध्ययन, अनुसन्धान र अनुशरण गरी यसको विशिष्टीकरणलाई विश्वसामु पुर्याउनु अबको आवश्यकता दखिएको छ । नत्र भने हाम्रो यहि ज्ञान सिक्न हामी नै बाहिरी मुलुकमा जानुपर्ने अवस्था आउने दखिन्छ ।

उपाध्याय महायोग साधक तथा योग प्रशिक्षक हुन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु