चिनियाँ राष्ट्रपति सि जिङ पिङले गरे अन्तरिक्ष यात्रीसँग कुराकानी
९ असार, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव, राष्ट्रपति एवम् केन्द्रीय सैन्य आयोगका महासचिव सि जिङ पिङले पैचिङ अन्तरिक्ष उडान नियन्त्रण केन्द्र पुगी शन चौ १२ नम्बरका ३ जना अन्तरिक्ष यात्रीसँग आकाश र पृथ्वीबीचको कुराकानी गरेका छन् ।
सीले अन्तरिक्ष स्टेशनको निर्माण चीनको अन्तरिक्ष कार्यको एक महत्वपूर्ण कोसेढुँगा भएकाले यसले मानवले अन्तरिक्षको शान्तिपूर्ण रुपमा प्रयोग गर्नका लागि योगदान दिने बताए ।
उनले शन चौ १२ नम्बरका अन्तरिक्ष यात्री टोली नयाँ युगमा चीनको अन्तरिक्ष कार्यका प्रतिनिधि भएका बताउदै सबैको सहकार्यमा उक्त कार्य सफलताका साथ पूरा गर्नसक्ने आशा व्यक्त गरेका छन् ।
विश्वकै शक्तिशाली देशमध्यकै एक चीनले प्रविधिको विकासमा ठुलो फड्को मार्दै गर्दा अन्तरिक्ष स्टेशन निर्माणलाई तिब्रता दिएको हो ।