६ आश्विन २०८०, शनिबार

ओह ! कसरी बाँच्नु



ओह ! कसरी बाँच्नु ।
ताना–तान, हाना–हान छ ।
काटा–काट, मारा–मार छ ।
डरलाग्दो, छिना–झप्टी छ ।
चिज केवल एक चिम्टी छ ।
ओह ! कसरी बाँच्नु ।
लखेटा–लखेट, हाप–झाप छ ।
उछिन–पाछिन, लुछा–चुडी छ ।
डर–त्रास, भयंकर आतंक छ ।
उपलव्धी अत्यन्त सीमित छ ।
ओह ! कसरी हाँस्नु ।
कुदा–कुद र भागा–भाग छ ।
ढाट–छली र लुट–खसोट छ ।
झुट–फरेव र ठगी व्याप्त छ ।
भजन मण्डलीको चमत्कार छ ।
ओह कसरी बाँच्नु ।

कवि पौडेल नेपाल सरकारका पूर्व युवा तथा खेलकुद मन्त्री हुन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको