२० जेष्ठ २०८०, शनिबार

ज्येष्ठ नागरिकलाई दोस्रो डोज कोरोना खोप माग गर्दै सर्वोच्चमा रिट



७ असार, काठमाडौं । कोभिशिल्ड खोप लगाएका साढे १३ लाख ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप लगाउन ढिलाई गरिएको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

यथाशिघ्र दोस्रो खोप लगाउन आदेश माग गर्दै ज्येष्ठ नागरिक चिरञ्जीवि बास गिरी सोमबार रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् । उनको रिटमा मंगलबारका लागि पेशी तोकिएको छ ।

फागुन २३ गतेदेखि चैत ३ गतेसम्म सञ्चालित अभियानमा देशभरका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई भारतीय कम्पनी सेरम इन्ष्टिच्युटले विकास गरेको कोभिशिल्ड नामको कोरोना खोप दिइएको थियो । तर १२ हप्ताभित्र दोस्रो डोज खोप दिनुपर्ने भए पनि पहिलो डोज खोप लगाएका साढे १३ लाख ज्येष्ठ नागरिकले दोस्रो डोज खोप पाएका छैनन् ।

अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलका अनुसार ज्येष्ठ नागरिकलाई जेठ १५ गतेसम्म दोस्रो डोज खोप दिनुपर्नेमा अहिलेसम्म नदिएकाले ज्येष्ठ नागरिकको मौलिक हक उल्लंघनको विषय लिएर सर्वोच्चमा रिट दिइएको हो ।

भारतीय कम्पनीले खोप नदिएपछि सरकारले बेलायतबाट अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको खोप ल्याएर ज्येष्ठ नागरिकलाई दिने बताउँदै आएको छ । तर कहिले आउछ र कहिलेसम्म दोस्रो डोज खोप लगाएसक्ने भन्ने सन्दर्भमा स्वास्थ्य मन्त्रालयले कुनै ठोस जानकारी गराउन सकेको छैन ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको