२२ जेष्ठ २०८०, सोमबार

अब काठमाडौंमा ‘स्मार्ट लकडाउन’, निषेधाज्ञा एकसाता थप्ने तयारी



५ असार, काठमाडौं । स्थानीय प्रशासनले निषेधाज्ञालाई केही खुकुलो बनाउँदै काठमाडौं उपत्यकामा स्मार्ट लकडाउन गर्ने भएको छ । जोर बिजोरका आधारमा सवारी साधन चल्न दिने कि नदिने भन्ने टुंगो भइनसकेको अवस्थामा निषेधाज्ञा भने एक साता थप्ने तयारी गरिएको छ ।

निषेधाज्ञाबारे छलफल गर्न आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समिति (डिसीसीएमसी) को बैठक बस्दैछ । बैठकपछि तीन प्रमुख जिल्ला अधिकारीबीच हुने छलफलले निषेधाज्ञाबारे ठोस निर्णय गर्नेछ ।

भोलि वा पर्सि तीन प्रमुख जिल्ला अधिकारी बसेर निषेधाज्ञाको मोडालिटीबारे टुंगो लगाउने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

कोभिड–१९ निर्देशक समिति बैठकले अबका दिनमा ‘स्मार्ट लकडाउन’ गर्ने निर्णय गरेको थियो । यसको मोडालिटी बनाउने जिम्मा कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी)लाई दिइए पनि सीसीएमसीले अन्तिम निर्णय गरिसकेको छैन ।

सीसीएमसीका एक अधिकारीका अनुसार जनजीवनलाई सहज बनाउँदै वैज्ञानिक लकडाउन गर्न तयारी थालिएको छ । सीसीएमसीले ‘लकडाउन’ शब्द प्रयोग गरेको भए पनि यो हाल रहेको निषेधाज्ञालाई नै व्यवस्थित गर्ने विषय भएको उनले स्पष्ट पारे ।

उनका अनुसार संक्रमण धेरै देखिएका क्षेत्रलाई मात्र सिल गरेर परीक्षण र कन्ट्रयाक ट्रेसिङलाई बढाउने प्रावधान ‘स्मार्ट लकडाउन’को प्रावधानमा राख्ने तयारी छ । यसको मोडालिटीमा स्वास्थ्य मापदण्ड पालना गराएर आर्थिक गतिविधिलाई अगाडि बढाउने विषय उल्लेख छ । सवारी साधन जोर, बिजोर या कुन मोडालिटीमा सञ्चालन गर्दा भाइरस संक्रमणको जोखिम कम हुन्छ भन्ने सन्दर्भमा छलफल भइरहेको सिसिएमसी स्रोतले जनाएको छ ।

काठमाडौं उपत्यकामा गत बैशाख १६ देखि निषधाज्ञा जारी छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको