२० जेष्ठ २०८०, शनिबार

पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार



५ असार, काठमाडौं । भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।

नियन्त्रणमा आउन नसकेको ज्वरो कम हुँदै गएपछि स्वास्थ्यमा सुधार आउन थालेको हो ।

एमाले नेता सुरेन्द्र पाण्डेले लगातार आईरहेको ज्वरो रोकिएकाले खनालको स्वास्थ्य स्थितिमा सुधार भैरहेको जानकारी प्राप्त भएको बताए । पाण्डेका अनुसार चिकित्सकको उच्च निगरानीमा राखेर उनको उपचार भइरहेको छ ।

खनालका स्वकीय सचिव कृष्ण भट्टराईकय भने, ‘भर्खरै मात्र दिल्लीस्थित अपोलो अस्पतालमा मेरो निर्भीक खनालसँग कुराकानी भएको छ । स्वास्थ्यमा सुधार आएको छ । ज्वरो नियन्त्रणमा आएको छ । चिकित्सकको उच्च निगरानीमा उपचार भइरहेको छ ।’

एक हप्ताभन्दा बढीदेखी निरन्तर आएको ज्वरो नियन्त्रणमा नआएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका खनालको स्वास्थ्यमा उल्लेख्य सुधार नआएपछि चिकित्सकको सल्लाह अनुसार थप उपचार गर्न दिल्ली लगिएको हो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको