६ आश्विन २०७८, बुधबार

सिन्धुपाल्चोकका बाढी पीडितलाई अनेरास्ववियुको राहत



५ असार, काठमाडौं । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले सिन्धुपाल्चोकका बाढी प्रभावितलाई राहत तथा स्वास्थ्य सामग्री वितरण गरेको छ । अनेरास्ववियुले शुक्रबार प्रभावित क्षेत्र हेलम्बुमै पुगेर खाद्य तथा स्वास्थ सामग्री वितरण गरेको हो ।

अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली र महासचिव आरति लामासहितको नेतृत्वमा गएको राहत वितरण टोलीले हेलम्बु गाउँपालिकाको वडा नम्बर २ मै पुगेर राहत वितरण गरेको हो ।

सिन्धुपाल्चोकका बाढी–पहिरो पीडितलाई सहयोग गर्न सरकारले तदारुकता नदेखाइरहेका बेला खाद्य, स्वास्थ्य सामग्री, लत्ताकपडा तथा स्वास्थ्य सामग्री वितरण गरेको महासचिव लामाले बताइन् । अनेरास्ववियुको पहलमा संकलित राहत ग्रहण गर्दै वडाअध्यक्ष छिरिङ ग्याल्पो लामाले आफ्नो क्षेत्रमा पहिलोपटक अनेरास्ववियुले राहत उपलब्ध गराएको बताए ।

शुक्रबार बिहानै एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष पराजुलीसहितको टोलीलाई राहत सामग्री हस्तान्तरण गरेका थिए । राहत वितरण टोलीमा अनेरास्ववियुका अध्यक्ष पराजुलीसहित महासचिव आरती लामा, उपाध्यक्ष माधव पन्त र सचिवहरू मिलन राइ, मेघनाथ चापागाइँ, महेश श्रेष्ठ, नरेश न्यौपाने र अशोक थापा तथा कोषाध्यक्ष दिपेश प्रसाईंलगायत सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको