१५ मंसिर २०७८, बुधबार

पहिरोले तामाकोशी नदी थुनियो, कुनैपनि बेला बाढी आउन सक्ने



४ असार, काठमाडौं । जिल्ला प्रशासन कार्यालय दोलखाले विज्ञप्ति जारी गर्दै तामाकोशी नदीको बहाव थुनिएको सूचित गराएको छ ।

शुक्रबार राति आकस्मिक विज्ञप्ति जारी गर्दै प्रशासनले कुनै पनि समयमा तामाकोशीमा बाढी आउने सक्ने भन्दै सतर्क रहन आग्रह गरेको हो ।

नेपाल–चीन सीमा क्षेत्रमा रहेको तिग्री कन्ट्रीको रोङ्चा सहर र त्यसको आसपास भारी वर्षासँगै आएको पहिरोले नदीको प्रवाह रोकिएको सूचना प्राप्त भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाल–चीन सीमा नजिकको बस्ती र नदीको तटीय क्षेत्रमा जोखिम बढ्ने सम्भावना रहेकाले सजग रहन प्रशासनले सूचित गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘खतराको संकेत प्राप्त हुनासाथ सुरक्षित स्थानतिर जानुहुन र स्थानीय तहका पदाधिकारी र नजिकको सुरक्षा निकायमा तुरून्त जानकारीसमेत गराउन अनुरोध गरिन्छ ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको