२० श्रावण २०७८, बुधबार

माधव नेपाल पक्षको भर्चुअल स्थायी कमिटी बैठक जारी



३ असार, काठमाडौं । एमाले के होला भन्ने संशय आम रूपमा उब्जीरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक बसेको छ ।

समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाल पक्षका स्थायी कमिटी सदस्य छलफलमा जुटेका हुन् ।

भर्चुअल रूपमा सुरू भएको स्थायी कमिटी बैठक जारी रहेको बताइएको छ ।

एमालेमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको बिबाद किनारा नलागेपछि नेता नेपालले समानान्तर कमिटी बनाएर पार्टी गतिविधि अगाडि बढाइरहेका छन् ।

पछिल्लो समय प्रधानमन्त्री ओलीले ६ बुँदे प्रस्ताव राख्दै पार्टी एकताको आह्वान गरेका थिए । उक्त आह्वानमा नेता नेपाललगायत उनी पक्षका सांसदले भावी प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई गरेको हस्ताक्षर फिर्ता लिनुपर्नेजस्ता कुरा उल्लेख थिए । तर दुईपक्षबिच भएको छलफलका एजेण्डाहरू तोडमोड गरेर ६ बुँदे प्रस्ताव आएको भन्दै नेपाल पक्षले आपत्ति जनाएपछि एकता प्रकृया अगाडि बढ्न सकेको थिएन ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु