२२ जेष्ठ २०८०, सोमबार

सुपरमादी जलविद्युतको संरचना बाढीले बगायो, १ अर्ब बराबरको क्षति



२ असार, काठमाडौं । कास्कीको मादी गाउँपालिकास्थित मादी खोलामा निर्माणाधीन सुपरमादी जलविद्युत आयोजनाको संरचनामा बाढीले ठूलो क्षति पुर्याएको छ ।

आयोजनाका अध्यक्ष पुष्पज्योति ढुंगानाका अनुसार सुपरमादी ९४४ मेगावाट जलविद्युत आयोजनाका लागि सञ्चालित चारवटा एक्स्याभेटर, चारवटा टिपर, दुईवटा ट्रान्जिट मिस्कर, ६ वटा कम्प्रेर, चार सय ५० टन बढी डण्डी, १० हजार बोरा सिमेन्ट र तीनवटा क्रस बाढीले बगाएको छ ।

साढे सात अर्ब रुपैयाँ लागत रहेको सुपर मादीको काम सम्पन्न हुने चरणमा थियो । ब्याचिङ प्लान्ट, क्रसर, एक्सक्याभेटर, ह्विल लोडेर र ट्रिपरहरु, इलेक्ट्रो–मेकानिकल (इएम)का ओभरहेड क्रेन, साइडल केसहरू लगायतका सबै सामानहरूबाढीले बगाएको उनले बताए ।

बाढीका कारण निर्माणाधीन सुपर मादीमा १ अर्ब रूपैयाँ बराबरको क्षति पुगेको अध्यक्ष ढुंगानाको दाबी छ ।

आयोजनामा काम गर्ने ३ सय भन्दा बढी कामदारलाई भने सुरक्षित स्थानमा ल्याइएको छ ।

केहि दिनयताको निरन्तर वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी पहिरोका कारण ठुलो जनधनको क्षति भएको छ । अझै केहि दिन वर्षा जारी रहने देखिएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको