२३ जेष्ठ २०८०, मंगलवार

उपचारका लागि भारत जानुअघि झलनाथ खनालले गरे पार्टी एकताको आह्वान



२ असार, काठमाडौं । उपचारका लागि भारत जानुअघि नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी एकताका लागि आह्वान गरेका छन् ।

देशको विथोलिएको वर्तमान राजनीतिक अवस्थाले आफूलाई चिन्तित बनाएको बताउदै खनालले पार्टी एकताको लागि नेता र पार्टी कार्यकर्तालाई आव्हान गरेका हुन् ।

आजै जारी गरिएको विज्ञप्तिमा खनालले विभाजन होइन एकता गर्ने–गराउने कार्यमा अगाडि बढ्न सबैलाई आग्रह गरेका छन् ।

फुट विनाशको बाटो भएकोले फुटबाट पार्टीलाई जोगाउन, एकतावद्ध पार्न सम्पूर्ण नेता तथा कार्यकर्तालाई खनालले आह्वान गरेका छन् ।

नर्भिक अस्पतालमा उपचाररत खनालको स्वास्थ्यमा उल्लेख्य सुधार नआएपछि आज उनलाई भारतको दिल्लीस्थित एपोलो अस्पताल लगिएको छ । उनले सफल उपचारपछि आफू स्वदेश फर्किने बताएका छन् ।

विज्ञप्ति हेर्नुहोस् :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको