३ आश्विन २०८०, बुधबार

तस्बिरमा मेलम्चीको बाढी: सदरमुकाम चौतारा र हेलम्बु बजार यसरी डुब्यो



२ असार, काठमाडौं । हरेक वर्ष बाढिको चपेटामा परिरहने सिन्धुपाल्चोक जिल्लामा यसवर्ष पनि बाढीले बितण्डा मच्चाएको छ । मंगलबार साँझ मेलम्चीमा आएको बाढीले सदरमुकाम चौतारा र हेलम्बु गाउँपालिका बजार क्षेत्र डुबेको छ भने धेरै संरचनाहरू क्षतिग्रस्त भएका छन् ।

बाढीले मेलम्ची बजारबाट चौतारा जोड्ने, मेलम्ची बजारबाट दुवाचौर जोड्ने पुल समेत बगाएको छ । त्यस्तै हेलम्बुको चनौटेमा रहेको पुल र नाकोटेमा हालसालै निर्माण सम्पन्न भएको पुल पनि बगाएको छ । बाढिले चार वटा पुल बगाएपछि जनजीवन थप कष्टकर भएको छ ।

बाढीसँगै आएको पहिरोले मेलम्ची खानेपानी आयोजनाको ड्यामलाई पनि क्षति पुर्याएको अनुमान छ । मेलम्ची आयोजनामा कार्यरत चिनियाँ कामदार बसेको क्याम्प, सशस्त्र प्रहरीको क्याम्प र प्रहरी चौकीमा पनि क्षति पुगेको छ ।

बजार क्षेत्रमा लेदोसहितको बाढी पसेकाले रेडियो मेलम्चीको भवन पूरै डुवानमा परेको छ । बाढीले नदी आसपास क्षेत्रका भौतिक संरचनामा ठुलो क्षति पगेको छ भने तटीय क्षेत्रमा रहेका ट्राउट माछा फार्म समेत बाढीले बगाएको छ ।

बाढी प्रभाबित क्षेत्रका ४ जना व्यक्ति बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाले बताएका छन् । तर, स्थानीयले भने त्योभन्दा धेरै संख्यामा मानिसहरू सम्पर्कमा नआएका बताएका छन् । सेनाको टोली हलिकप्टरबाट घरका छतमा फसका केहिलाई उद्दार गरेको जानकारी प्राप्त भएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको