२० जेष्ठ २०८०, शनिबार

मेलम्ची र हेलम्बुमा डरलाग्दो बाढि, हालसम्म ७ जनाको मृत्यु



२ असार, काठमाडौं । विगत केहि दिन यताको अविरल वर्षाका कारण सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा आएको बाढीले हेलम्बु गाउँपालिकामा ७ जनाको मृत्यु भएको छ ।

मंगलबार साँझ आएको बाढीले बगाएर ७ जनाको मृत्यु पुष्टि भएको प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले बताए ।

पोखरेलका अनुसार बाढीले घर, टहरा, पुललगायत संरचना बगेका छन् भने मृत्यु हुनेहरूको पहिचान खुलिसकेको छैन ।

हेलम्बु गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मिङ्मार लामाले मेलम्चीमा आएको बाढीले अहिलेसम्म वडा नम्बर १ मा ७ जना र वडा नम्बर २ मा ४ जना सम्पर्कबिहीन भएको जानकारी दिए ।

बाढीले मेलम्ची बजारमा पनि क्षति र्पुर्याएको छ । सेना र प्रहरीको टोली बाढी पिडित र बेपत्ताको उद्दारमा खटिएको छ ।

‘मेलम्चीमा अहिलेसम्म मानवीय क्षतिको विवरण आएको छैन। उद्धार गर्नुपर्ने देखिएको छ,’ उनले भने, ‘नेपाली सेना र निजी एअरलाइन्सका हेलिकप्टर उद्धारका लागि परिचालन गर्न लागेका छौं।’

घरका छतमा रहेकाहरूको उद्धार गर्न लागिएको उनले बताए। सडक मार्गबाट पनि उद्धारका लागि टिम परिचालन गरिएको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको