माधव नेपाललाई भेट्न देउवा र प्रचण्ड कोटेश्वर पुगे
३१ जेष्ठ, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ उनको निवास कोटेश्वर पुगेका छन् ।
समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न दुई नेता नेपाल निवास कोटेश्वर पुगको स्रोतले जनाएको छ ।
काङ्ग्रेस महामन्त्री पूणर्बहादुर खड्कालाई साथै लिएर सभापति देउवा नेपाल निवास पुगेको केहीबेरमै प्रचण्ड पनि पुगेका हुन् ।
अहिले उनीहरूबीच अहिले कुराकानी भइरहेको बताइएको छ । यसअघि प्रचण्ड र नेपाल देउवा निवास पुग्ने गरेपनि आज भने देउवा र प्रचण्ड नेपाल निवास पुगेका हुन् । राजनीतिक अस्थिरता निकै कठिन मोडमा पुगेका बेला विपक्षि गठबन्त्रनका तीन मुख्य नेताको आकस्मिक भेटलाई चासोपूर्वक हेरिएको छ ।