१७ आश्विन २०८०, बुधबार

सोमबार ५१४७ सङ्क्रमण मुक्तः २९१८ जनामा कोरोना पुष्टि, ५३ को मृत्यु



३१ जेष्ठ, काठमाडौं । गएको २४ घण्टामा देशभर थप २ हजार ९ सय १८ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उल्लिखित संख्यामा कोरोना संक्रमण देखिएको हो । देशभरका विभिन्न ल्याबहरूमा ९४३८ जनामा पिसिआर परीक्षण गरिएकोमा २०४९ र ५३८१ को एन्टिजेन परीक्षण गरिएकोमा ८६९ जनामा पोजेटिभ देखिएको थियो ।

सोमबार देशभर होम आइसोलेशन र विभिन्न अस्पतालमा उपचाररत ५ हजार १४७ जना कोरोनाबाट निको भएका छन् ।

त्यस्तै ५३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएकासहित हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ४६५ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको