१२ जेष्ठ २०८०, शुक्रबार

पूर्वप्रधानमन्त्री झलनाथ खनालको अक्सिजनको सहायतामा उपचार हुँदै



३१ जेठ, काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको अक्सिजनको सहायतामा उपचार भइरहेको छ । अस्वस्थ भई सोमबार विहान नर्भिक अस्पतालमा भर्ना भएका खनालको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएको अस्पतालले जनाएको छ ।

उनलाई हाल आकस्मिक कक्षबाट वार्डमा सारिएका नेता खनालको अवस्था सामान्य रहेको छ । तर रगत परिक्षण गर्दा हेमोग्लोबिनको मात्रामा भने कमी देखिएको अस्पतालको सञ्चार तथा जनसम्पर्क विभागले जानकारी दिएको छ ।

अस्पतालको सूचनामा भनिएको छ, ‘उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उहाँको लक्षण हेर्दा पोस्ट कोभिडपछिको समस्या हुनसक्ने अनुमान गरिएको छ । आवश्यक जाँच तथा उपचार प्रक्रिया जारी राखिएको छ ।’

विगत नौ दिनदेखि ज्वरो आउने, थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या पनि देखिएपछि खनाल सोमबार विहान ८ बजे अस्पताल भर्ना भएका थिए ।

गत वैशाख १८ गते कोरोना संक्रमण भएपछि नर्भिक अस्पताल भर्ना भएका खनाल कोरोना मुक्त भई वैशाख २८ गते घर फर्किएका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको