आइतबार २ हजार ४०७ जनामा कोरोना पुष्टि, ४६ को मृत्यु
३० जेष्ठ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पीसीआर विधिबाट १ हजार ६ सय ९४ जना र एन्टिजेन विधिबाट ७१३ जना गरी २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ४६ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
होम आइसोलेशन र देशका विभिन्न अस्पतालमा उपचाररत थप ३ हजार ९९४ जना विरामीहरू कोरोना संक्रमणमुक्त भएर छन् ।
पछिल्लो समय देशभर कोरोना संक्रमण दर घट्दो क्रममा छ ।