१ आश्विन २०७८, शुक्रबार

७१ वर्षीय कृष्णचन्द्र पोखरेल गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त



३० जेष्ठ, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता एवम् विपक्षी गठबन्धनका उम्मेद्वार कृष्णचन्द्र नेपाली पोखरेल गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।

संविधानको धारा १६८ (५) अनुसार प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

पोखरेलले शुक्रबार आफूलाई मुख्यमन्त्री नियुक्ति गरियोस भन्दै गण्डकी प्रदेश सभाका बहुमत ३१ सांसदको समर्थन रहेको पत्र दर्ता गर्दै प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका थिए ।

नेपाली कांग्रेस संसदीय दलका नेता ७१ वर्षीय कृष्णचन्द्र पोखरेल नवलपरासी पूर्व १ (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

बिहीवार पेस भएको विश्वासको मतको प्रस्ताव बहुमत सदस्यले अस्वीकृत गरेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ स्वत पदच्युत भएका थिए । उनले नवनियुक्त मुख्यमन्त्री पाखरेललाई बधाई समेत दिइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको