६ आश्विन २०८०, शनिबार

अस्पतालको बेडबाट मेयरले भने, ‘म छिट्टै नै कोरोनालाई जितेर तपाईँहरुको सेवामा हाजिर हुनेछु’



११ साउन, काठमाडौं । मूलुक नयाँ संरचनामा गतिशिल भएपछि स्थानीय तह महत्वपुर्ण संवैधानिक जिम्मेवारीहरु सहित् अधिकार सम्पन्न भयो । विश्व नै कोरोना महामारीसँग लडिरहेका बेला झन् स्थानीय तह र जनप्रतिनिधीको भूमिका बढी नहुने कुरै भएन ।

विरगञ्ज महानरपालिकाका मेयर विजय कुमार सरावगी जनतालाई कोरोना महामारीको जोखिमबाट सुरक्षित बनाउन खटिँदा खटिँदै आफैमा कोरोना संक्रमण पुष्ठि भएपछि अहिले काठमाडौंमा उपचार गराइरहेका छन् ।

विभिन्न मूलकहरुले विकास गरेका कोरोना भ्याक्सिनहरु परिक्षणको क्रममा रहेपनि आजका दिनसम्म कोरोनालाई जित्ने दबाई फेला नपरेको अवस्थामा यसबाट बच्ने सबैभन्दा अचुक औषधि व्यक्तिगत सुरक्षा र आत्मबल नै हो । त्यो आत्मबल विरगञ्ज महानगरपालिका मेयर विजय कुमार सरावगीको फेसबुक स्टाटसमा भेटियो ।

मेयर विजय कुमार सरावगीको फेसबुक स्टाटस

आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताउदै मेयर सरावगीले लेखेका छन्, ‘हिजो भन्दा आज मेरो स्वास्थ्यमा सुधार आएको छ । तपाईँहरुको माया, सद्भाव र शुभेच्छाले म छिट्टै कोरोनालाई पराजित गरेर पुनः तपाईँहरुको सेवामा हाजिर हुनेछु ।’ आफ्ना जनतालाई सुरक्षित आग्रह गर्दै उनले कोरोना नियन्त्रणका लागी स्थानीय प्रशासनले जारी गरेका आदेशको पूर्ण पालना गरिदिन अनुरोध पनि गरेका छन् ।

आफ्नो अभिभावक मेयर नै कोरोना संक्रमित भइसके पछि आम नगरवासी थप चिन्तित र त्रसित बनीरहेका बेला उनले लेखेको यो फेुसबुक स्टाटसमा मेयरको आत्मविश्वास मात्रै हाइन, जिम्मेवारी बोध र जनताको स्वास्थ्यप्रतिको चिन्ता भेटिन्छ ।

अहिले विरगञ्जमा कोरोना समुदायस्तरमा फैलिसकेको छ । कोरोना संक्रमणबाट मृत्यूभएका नगरवासीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै मेयर सरावगीले लेखेका छन्, ‘विरगञ्जवासीलाई कोरोना भाइरसको संक्रमणबाट बचाउन ५ महिनदेखी हर सम्भव प्रयास गर्दा गर्दैपनि भाइरस समुदायस्तरमा फैलिसकेको रहेछ । तपाईँहरुको सेवामा खटिँदा खटिँदै म स्वयम कोरोनाको चपेटामा परिसकेछु ।’ म कोरोनालाई पराजित गरेर जनतालाई जिताउन फेरी हाजिर हुनेछु भन्ने मेयरको भनाइले जनताको आत्मबल बढाउन ठुलो मद्दत गर्नेमा विश्वस्त हुन सकिन्छ ।

जनताको सेवामा खटिन आतुर विरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीको सिघ्र स्वास्थ्य लाभको कामना ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको