आउनुहोस् फेरि लडौँ
ए
प्रतिगमनकारी हो कहिल्यै सोचेका छौ ?
यो जलिरहेको मनले
कुनै दिन मट्टीतेल भेटायो भने !!!
निभ्ने छैन बदलाको डढेलो
संसार जलेर खरानी नहुन्जेलसम्म
त्यसैले त म
तिमि हिँडेको बाटो प्रतिगमन देख्छु
ए
प्रतिगमनका तियारहरू हो
तिम्रो विरुद्ध हिजो नि लड्दै आयौँ
र आज पनि लडिरहेने छौ ।
संविधानको रक्षार्थ एक क्रान्तिकारीले
लड्नुको विकल्प छैन ।
आउनुहोस् फेरि एक पटक लडौँ !!