१९ जेष्ठ २०८०, शुक्रबार

मनाङ्गेलाई भेट्न गएका गणेश लामा ३ हजार जरिवाना तिरेर छुटे



२८ जेष्ठ, काठमाडौं । दीपक मनाङ्गेलाई भेट्न पोखरा गएका बेला पक्राउ परेका गुण्डा नाइके भनेर चिनिने नेपाली कांग्रेसका नेता गणेश लामा जरिवाना तिरेर छुटेका छन् ।

निषेधाज्ञा उल्लंघन गरेको आरोपमा पोखरा लेकसाइडबाट बिहीबार पक्राउ परेका लामासहित ३ जनालाई ३/३ हजार रुपैयाँ जरिवाना लिएर छाडिएको हो । लामालाई जरिवाना लिएर छाड्न प्रहरीलाई अनुमति दिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिइरहेका बेला विपक्षी गठबन्धनको पक्षमा देखिएका मनाङेलाई भेट्न आएका लामा निषेधाज्ञामै पोखरा पुगेका थिए । बिहिबार नै मुख्यमन्त्री गुरूङले मनाङ्गेलाई खेलकुद मन्त्रीबाट बर्खास्त गरिसकेका छन् ।

बिना कारण लामालाई प्रक्राउ गरिएको भन्दै नेपाली कांग्रेसले विरोध जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको