१९ जेष्ठ २०८०, शुक्रबार

गण्डकीका खेलकुद मन्त्री दीपक मनाङ्गे पदबाट बर्खास्त



२८ जेष्ठ, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले आफुलाई साथ नदिएको भन्दै युवा तथा खेलकुद मन्त्री दीपक मनाङ्गेलाई पदबाट बर्खास्त गरेका छन् । प्रेस संयोजक बिक्रम न्योपानेका अनुसार मुख्यमन्त्री गुरूङले बिहिबार साँझ मनाङेलाई बर्खास्त गरेर प्रदेश प्रमुखलाई जानकारी गराएका हुन् ।

मुख्यमन्त्री गुरुङले बिहिबार संसदबाट विश्वासको मत लिँदा मन्त्री मनाङ्गे अनुपस्थित भएर सम्पर्कबिहिन भएका थिए । सरकारका बहालवाला मन्त्रीले नै सरकारलाई विश्वासको मत नदिएको भन्दै बर्खास्त गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

उता मन्त्री पदबाट बर्खास्त भएलगत्तै मनाङ्गेले पनि राजीनामा पत्र सार्वजनिक गरेका छन् । राजीनामा पत्र शुक्रबार मुख्यमन्त्री गुरूङलाई बुझाउने मनाङ्गे निकट एक युवाले जानकारी दिए । राजीनामा पत्रमा उनले विश्वासको मत नपाएको सरकारका मन्त्री हुन नैतिकताले नदिने बताएका छन् ।

प्रदेश सभालाई विघटनमा जान नदिनका लागि पनि आफूले विपक्षी गठबन्धनलाई साथ दिने निर्णय गरेको मनाङ्गेको राजिनामा पत्रमा उल्लेख छ ।

केन्द्र सत्ता जोड जोगाउन जोड घटाउको खेल सुरू भएसँगै प्रदेश सरकारमा त्यसको असर छर्लङ्गै देखिन थालेको छ ।

मनाङ्गेको राजिनामा पत्र


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको