३१ जेष्ठ २०७८, सोमबार

हामीले विकासको प्राथमिकता निर्धारण जनतालाई केन्द्रविन्दुमा राखेर गरेका छौंः प्रेम बुढा



स्थानीय तहको विकास, निर्माण, स्वास्थ्य, शिक्षा र कोरोना महामारीका सन्दर्भमा कर्णाली प्रदेशको दुर्गम जिल्ला दैलेखको भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढासँग रारापाटी डटकमले गरेको अन्तरवार्ता:

तपाईंहरूले गाउँपालिकाको विकास निर्माणका कामहरू कसरी अगाडि बढाइरहनु भएको छ ?

हामीले विकास निर्माणका कामलाई २ तहबाट अगाडि बढाएका छौं । एउटा टेण्डर प्रक्रियाबाट र अर्को उपभोक्ता समितिमार्फत् कामहरू अगाडि बढाइरहेका छौं । १० लाखभन्दा बढिका योजनाहरू विशेषगरी गाउँसभाबाट टेण्डर प्रक्रियाबाट र १० लाखभन्दा कमका योजनाहरू उपभोक्ता समितिलाई जिम्मा दिई विकास निर्माणका कामहरू भइरहेका छन् । यस बीचमा कोरोना महामारीका कारण विकास निर्माणको धेरै ठुलो बजेट हामीले कोरोना रोकथाम र नियन्त्रणका लागि खर्च गर्नु पर्यो । त्यसले गर्दा गाउँपालिकाका भौतिक पूर्वाधार निर्माणका कामहरू प्रभावित हुन पुगेका छन् ।

गाउँपालिकामा कोरोना महामारीको प्रभाव कस्तो रहेको छ ?

अहिलेको दोस्रो लहरमा हामीले गाउँपालिका भरी ३०२ जनाको पिसिआर विधिबाट र २५० जनाको एण्टिजेन विधिबाट कोरोना परिक्षण गरेका छौं । परिक्षण गर्दा १२३ जनालाई कोरोना संक्रमण देखिएकोमा २० जना संक्रमणमुक्त हुन भएको छ भने २ जनाको मृत्यु भएको छ । बाँकी संक्रमितहरू होम आइशोलेसनमा स्वास्थ्य लाभ गरिरहनु भएको छ ।

पहिलो चरणको कोरोनाका कारण कसैको पनि निधन भएन । वैदेशिक रोजगारीमा रहेका हाम्रा २२ सय जना गाउँपालिकावासीहरू बैशाख, जेष्ठ र अषाढसम्म घर फर्किनु भयो । उहाँहरूलाई हामीले लगाता १५ दिनसम्म खाने, बस्ने, ओड्ने ओछ्याउने देखि सेनिटाइजर, मास्क उपलब्ध गराई क्वारेन्टाइनमा बस्ने प्रवन्ध मिलायौं । त्यसपछि हामीले उहाँहरूको आरडिटी परिक्षण गरी घरमा पठाउने काम गर्यौं । अहिलेको दोस्रो लहरमा हामीले गाउँपालिका भरी ३०२ जनाको पिसिआर विधिबाट र २५० जनाको एण्टिजेन विधिबाट कोरोना परिक्षण गरेका छौं । परिक्षण गर्दा १२३ जनालाई कोरोना संक्रमण देखिएकोमा २० जना संक्रमणमुक्त हुन भएको छ भने २ जनाको मृत्यु भएको छ । बाँकी संक्रमितहरू होम आइशोलेसनमा स्वास्थ्य लाभ गरिरहनु भएको छ ।

गाउँपालिकाले स्वास्थ्य चौकीमा हेल्थ असिस्टेण्ट, सि अहेव र ल्याव टेक्निेसियन नियुक्त गरी १० वटा फोल्डिङ बेड, १० वटा साधारण बेड, ७ वटा ठुलो र ५ वटा सानो अक्सिजन सिलिण्डरको व्यवस्थापन गरी सहज रूपमा उपचारको प्रबन्ध गरेका छौं । यसका साथै होम आइशोलेशनमा बेसेका कोरोना संक्रमितहरूलाई सेनिटाइजर, मास्क, भिटामिन ट्यावलेट, सिटामोल, जिंक चक्की, सन्देशमुलक सामग्री पनि वितरण गरेका छौं । दैलेख जिल्लाका २ वटा एफ.एम. रेडियोमार्फत् कोरोना संक्रमणसम्बन्धी चेतनामूलक सामग्री प्रशारण गर्ने, स्वास्थ्यकर्मी, महिला स्वयम्सेविकाको परिचालन गरी जनचेतना जगाउने काम गरिरहेका छौं ।

यहाँले जनतासँग निर्वाचन ताका गरेका प्रतिवद्धताहरू के कति पुरा गर्न सक्नु भयो ? ती मध्ये महत्वपूर्ण केहि कामहरू बारेमा बताइदिनुहोस् न ?

कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखि दैलेखको माथिल्लो डुंगेश्वर–बैक मालिका–दुल्लु–भैरवी गाउँपालिकाको कुसापानी हुँदै व्याउलीबाट कालिकोट जोड्ने सडकलाई सफलतातिर उन्मुख बनाएका छौं । यो सडक कालिकोटको पान्तडीहुँदै जुम्लाको सिञ्जा, मुगुहुँदै तिब्बत जोड्ने कोरिडोर हुनेछ । यो सडकले यस जनताको जीवनस्तर माथि उकास्ने कुरामा ठुलो टेवा पुर्याउने छ । हामीले १० करोडको सामुदायिक ग्रामिण विद्युतिकरण कार्यक्रमलाई अगाडि बढाइरहेका छौं । यसले पनि अपुग हुने ठानेर ५ करोडको थप कार्यक्रम ल्याई केन्द्रीय प्रशारण लाइनबाटै गाउँपालिकाका ७ वटै वडाका ९५ प्रतिशत घरधुरीलाई विद्युतिकरण गर्नेछौं ।

निर्वाचनताका हामीले भौतिक पूर्वाधार निर्माण, स्वास्थ्य, शिक्षा, खानेपानी, सिंचाई, कृषिका माध्यमबाट जनताको जीवनस्तर माथि उकास्ने छौं भनेका थियो । हामीले त्यस अनुरुप भौतिक पूर्वाधारतर्फ सडकहरूदेखि लिएर भवनहरू निर्माणमा हामी थुप्रै कामहरू गरेका छौं । हाम्रो गाउँपालिकाको रावतकोटमा शान्ति तथा पुननिर्माण मन्त्रालयले निर्माण गरेका ३२ लाखको भवन थियो त्यसलाई हामीले वडा नं. २ को कार्यालयका रूपमा प्रयोगमा ल्याएका छौं । त्यस बाहेकका ६ वटा वडाहरूमा हामीले वडा कार्यालयहरू निर्माण गर्ने क्रममा ४ वटा वडा कार्यालयहरूको निर्माण कार्य सम्पन्न भइसकेको र वडा नं. ६ र ७ मा निर्माणाधिन अवस्थामा छ । हाम्रै कार्यकालमा हामीले सातै वडाका वडा कार्यालयहरूका पक्की भवन निर्माण गरेर सञ्चालन गर्नेछौं । यससँगै धेरैजसो विद्यालयका भवनहरूका पक्की संरचना बनाउने कामलाई लगातार अगि बढाइरहेका छौं ।

सबैभन्दा महत्वपूर्ण काम भनेको कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखि दैलेखको माथिल्लो डुंगेश्वर–बैक मालिका–दुल्लु–भैरवी गाउँपालिकाको कुसापानी हुँदै व्याउलीबाट कालिकोट जोड्ने सडकलाई सफलतातिर उन्मुख बनाएका छौं । अहिले दैलेख जिल्लाको सिमा पार गरी कालिकोटतर्फ शुभकालिका गाउँपालिकामा सडक खनिसकिएको छ । दैलेख जिल्लाको भैरवी गाउँपालिका र कालिकोट जिल्लाको शुभकालिका गाउँपालिकाबीच समन्वय गरी यस सडकको काम अगि बढेको छ । यो सडक कालिकोटको पान्तडीहुँदै जुम्लाको सिञ्जा, मुगुहुँदै तिब्बत जोड्ने कोरिडोर हुनेछ । यो सडकले यस जनताको जीवनस्तर माथि उकास्ने कुरामा ठुलो टेवा पुर्याउने छ ।

हामीले १० करोडको सामुदायिक ग्रामिण विद्युतिकरण कार्यक्रमलाई अगाडि बढाइरहेका छौं । यसले पनि अपुग हुने ठानेर ५ करोडको थप कार्यक्रम ल्याई केन्द्रीय प्रशारण लाइनबाटै गाउँपालिकाका ७ वटै वडाका ९५ प्रतिशत घरधुरीलाई विद्युतिकरण गर्नेछौं । शिक्षातर्फ हामीले हाम्रै कार्यकालमा तिन वर्षे वाली विज्ञान, ३ वर्षे पशु विज्ञान पढाई गर्न आदर्श मा.वि. कुसापानीमा प्राविधिक शिक्षालय पनि स्थापना गरेका छौं । कृषितर्फ हाम्रो गाउँपालिकाको मान्म र भक्तडाँडा भन्ने ठाउँमा २ वटा डेरी पनि सञ्चालन गरेका छौं । खानेपानीका क्षेत्रमा हामीले फिनल्याण्ड सरकारको सहयोगमा सञ्चालिन ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनालाई अगाडि बढाइरहेका छौं । हाम्रै गाउँपालिकाको वडा नं. ७ मा मुहान भएको भाव्र–मुझुवा र बडलम्जी खानेपानी आयोजना अगाडि बढिरहेको छ । स्वास्थ्यतर्फ हामीले आधारभूत स्वास्थ्य केन्द्र ६ वटा वडामा स्थापना गरेका छौं । अहिले १ वडा एक स्वास्थ्य केन्द्र अन्तर्गत ७ वटै वडामा स्वास्थ्य केन्द्र स्थापना हुँदैछन् । हामी निर्वाचित हुनु अगि ३ वटा मात्र स्वास्थ्य चौकी रहेकामा अहिले ६ वटा ठाउँमा हामी नयाँ आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेका छौं ।
हामीले विकासतर्फ गर्नुपर्ने जति गर्न नसकेको भएता पनि धेरै हदसम्म सन्तोष छौं ।

यस गाउँपालिकाका मुख्य समस्या र चुनौतीहरू के हुन् ?

हाम्रो गाउँपालिकामा पहिलो समस्या कर्मचारीको रहेको छ । दरबन्दी अनुसार संघीय सरकारले पद परिपूर्ती नगरी दिएकाले जनतालाई सेवा दिन समस्या भएको छ । हामीले सेवा करारमा कर्मचारी नियुक्त गरेर पनि सेवा प्रवाह गर्न प्रयास त गरिरहेका छौं । अर्को चुनौती भनेको संघीय सरकारले ठुलो मात्रामा बजेट स्थानीय तहलाई प्रवाह गर्नु पर्नेमा त्यो गर्न सकेन भन्ने हाम्रो गुनासो छ । धेरै जनताहरू गाउँबस्तीमा बस्ने तर बजेट चाहिँ केन्द्रतिर केन्द्रीकृत गर्दा भौतिक पूर्वाधार निर्माण तर्फ बजेट अभावका कारण कामहरू गर्न नसक्ने स्थिती पैदा भएको छ ।

तपाईंहरूले गाउँपालिकाको विकासको प्राथमिकता कसरी निर्धारण गर्ने गर्नु भएको छ ?

हामीले विकासको प्राथमिकता निर्धारण जनतालाई केन्द्रविन्दुमा राखेर गरेका छौं । हामीले सबैभन्दा बढि कृषि र पशुपालन तर्फ बढि लगानी गर्नु पर्दछ भन्ने मान्यता राखेका छौं । त्यस्तै शिक्षा, स्वास्थ्य, खानेपानी, सडक सञ्जाललगायतका कुरामा अलि बढि ध्यान दिएका छौं । यसका लागि आवश्यक योजना बनाएर अगि बढिरहेको अवस्था छ ।

यहाँहरू कार्यकाल सकिन थोरै समय मात्र बाँकी छ । यस बीचमा कसरी काम गर्ने योजना बनाउनु भएको छ ?

यस बीचमा हामीले भौतिक पूर्वाधार निर्माणतर्फ अधुरा रहेका कामहरू पुरा गर्ने योजना रहेको छ । सडकतर्फ पनि हामीलाई यस बीचमा उल्लेख्य उपलब्धी भएको छ । अहिले संघीय सरकारले स्थानीय पालिकाको केन्द्रसम्म मुख्य सडक कालोपत्रे गर्ने भन्ने मापदण्ड अनुसार २०७७ साल चैत्र १ गते कर्णाली प्रदेश मुख्यमन्त्री कार्यालयमा म र प्रमुख प्रशासकिय अधिकृत गएर मध्य पहाडी राजमार्ग अन्तर्गत रावतकोटको शहिद गेटदेखि भैरवी गाउँपालिकाको केन्द्रहुँदै सिलङ्गी बजारसम्मको सडकलाई कालोपत्रे गर्नका लागि सम्झौंता गरेर आएका छौं । कर्णाली प्रदेश सरकारले टेण्डर प्रक्रिया गरेर चगत्रादेखि डाँडीमाडीसम्मको सडक कालोपत्र गर्ने तयारी छ । यस बीचमा हामीले शिक्षा, स्वास्थ्य, खानेपानी तथा सिंचाईसम्बन्धी युद्धस्तरमा काम गर्ने योजना बनाएका छौं ।

स्थानीय तह जनताका दैनन्दिन कामहरूसँग साक्षात्कार हुँदै काम गरिरहेको निकै सकारात्मक पाटो छ । सँगसँगै कतिपय स्थानीय तहकै कारण समाज नै तलतलसम्म भ्रष्टिकरणतर्फ पनि गएको भन्ने टिप्पणी गरिन्छ । यस विषयमा यहाँको धारणा के छ ?

हामीले टेण्डर प्रक्रियाबाट घटाघटमा काम गर्दा बचेको रकमले अरु काम गर्न सकिन्छ भन्ने हाम्रो धारणा छ । यो उपभोक्ता समितिलाई हामीले जति बढावा दिँदै जान्छौं त्यति नै तलतलसम्म आर्थिक रूपले भ्रष्टाचार बढ्नेछ । त्यसैले यो उपभोक्ता समितिलाई व्यवस्थापन गर्ने र टेण्डर प्रक्रियालाई प्रोत्साहन गर्ने राज्यको नीति भयो भने भ्रष्टाचारलाई न्युनिकरण गर्न सकिन्छ । हामी त्यस ढङ्गले अगाडि बढिरहेका छौं ।

तपाईंले उठाउनु भएको प्रश्नमा सत्यता छ । देशैभरीका नागरिकमा के छ भने उपभोक्ता समिति गठन गर्नु पर्यो, टेण्डर प्रक्रियामा जानै हुँदैन भन्ने खालको उपभोक्तावादी चिन्तन देखिन्छ । त्यो हाम्रो भैरवी गाउँपालिकामा पनि छ किनभने दशैभरीका अधिकांश समुदायको त्यस खालको आचरण भएपछि हाम्रो गाउँपालिका मात्र अछुतो रहने कुरा हुन सक्दैन । तर मैले धेरै मेहनेतका साथ सम्झाई बुझाई गर्दा दैलेख जिल्लाका अरु पालिकाभन्दा टेण्डर प्रक्रियाका माध्यमबाट हामीले काम अगाडि बढाइरहेका छौं । हामीले टेण्डर प्रक्रियाबाट घटाघटमा काम गर्दा बचेको रकमले अरु काम गर्न सकिन्छ भन्ने हाम्रो धारणा छ । यो उपभोक्ता समितिलाई हामीले जति बढावा दिँदै जान्छौं त्यति नै तलतलसम्म आर्थिक रूपले भ्रष्टाचार बढ्नेछ । त्यसैले यो उपभोक्ता समितिलाई व्यवस्थापन गर्ने र टेण्डर प्रक्रियालाई प्रोत्साहन गर्ने राज्यको नीति भयो भने भ्रष्टाचारलाई न्युनिकरण गर्न सकिन्छ । हामी त्यस ढङ्गले अगाडि बढिरहेका छौं ।

यहाँको गाउँपालिकामा सत्तापक्ष अल्पमतमा छ । तपाईंहरूलाई काम गर्न कत्तिको सहज छ ?

नेपाली काँग्रेसको बहुमत भएकाले उहाँहरूले आफूलाई इच्छा लागेको काम भयो भने अगाडि बढ्न दिने नभए बैठकमै सहभागी नभई दिने खालको समस्या रहेको छ । यसले गर्दा हामीलाई काम गर्न अत्यन्तै गाह्रो छ । अब हुने निर्वाचनमा भैरवी गाउँपालिकाका जनताले जुन पार्टीलाई दिने हो एकल बहुमत दिनुहोस् भनी आह्वान पनि गर्दछु । यस्तो खिचडी पाराले फेरि पनि विकासको गति अगाडि बढ्दैन । यसले आम जनतालाई धोका हुन्छ ।

हाम्रो भैरवी गाउँपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनबाट नेकपा (एमाले) र नेपाली काँग्रेस मात्र जनताबाट निर्वाचित भएको अवस्था हो । नेकपा (एमाले) गाउँपालिकाको अध्यक्ष, उपाध्याक्षसहित १८ सिट र नेपाली काँग्रेसले १९ सिटमा जित हाँसिल गर्यो । नेपाली काँग्रेसको बहुमत भएकाले उहाँहरूले आफूलाई इच्छा लागेको काम भयो भने अगाडि बढ्न दिने नभए बैठकमै सहभागी नभई दिने खालको समस्या रहेको छ । यसले गर्दा हामीलाई काम गर्न अत्यन्तै गाह्रो छ । अब हुने निर्वाचनमा भैरवी गाउँपालिकाका जनताले जुन पार्टीलाई दिने हो एकल बहुमत दिनुहोस् भनी आह्वान पनि गर्दछु । यस्तो खिचडी पाराले फेरि पनि विकासको गति अगाडि बढ्दैन । यसले आम जनतालाई धोका हुन्छ । अहिले प्रतिपक्षको भूमिका भनेको आफूले भनेको भएन भने कुनै काम पनि अगाडि बढ्नै नदिने गर्नु भएको छ । उहाँहरूले जुन कुरामा असहमती हो त्यसमा मात्र विमत्ति नराखी समग्र कामलाई ठप्प पार्ने खालको तरिका अवलम्वन गर्नु भएकाले हामीलाई काम गर्न धेरै असहज अवस्था छ ।

राष्ट्रिय राजनीतिको बाछिटाहरूले स्थानीय तहका कामहरूलाई कस्तो प्रभाव पारेको छ ?

राष्ट्रिय राजनीति भनेको छाता नीति भएकाले त्यसले तलतलसम्म प्रभाव त पार्दछ तर हाम्रो गाउँपालिकामा सकभर धेरै प्रभाव नहोस् भनेर स्थानीय साथीहरूसँग समन्वय र सहजिकरण गरिरहेका छौं । राष्ट्रिय राजनीतिमा तरंग आउँदा देश नै प्रभावित छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु