२२ जेष्ठ २०८०, सोमबार

ओली सरकारले विदेशी स्वार्थ अनुरुप काम गरिरहेको छः रोहित



२५ जेष्ठ, काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छें ‘रोहित’ ले केपी ओली सरकारले विदेशी स्वार्थ अनुरुप काम गरिरहेका आरोप लगाएका छन् । उनले चुरे पहाडको विनासमा उद्धत रहेको भनी ओली सरकारको आलोचना गरेका हुन् ।

रोहितले चुरे दोहनमा वर्तमान सरकारले विदेशी स्वार्थ अनुरुप काम गरेको बताएका छन् । उनले चुरे पहाडमाथि भारतले पहिल्यैदेखि आँखा गाडिरहेको बताए । शनिवार ‘ङातापोल्हँ जीर्णोद्धार २०७७’ पुस्तक र प्राविधिक प्रतिवेदन अनलाइनबाट सार्वजनिक गर्ने कार्यक्रममा रोहितले वर्तमान सरकारप्रति असन्तुष्टि जनाएका हुन् ।

कार्यक्रममा बोल्दै रोहितले भने, ‘चुरे पहाड नेपालको महत्वपूर्ण प्राकृतिक स्रोत भएकाले यसको संरक्षण गर्नु आवश्यक छ । चुरे दोहनमा पूर्व र वर्तमान सरकारहरू जिम्मेवार रहेको र यसमा विदेशी स्वार्थ रहेको प्रष्ट छ ।’

उनले योग्यता र अनुभव विना मन्त्री बनाउने प्रचलनका कारण देशका मन्त्रालयहरू लथालिंग रहेको र कमिसनको चलखेल व्याप्त रहेको आरोप लगाउदै सरकारमा गएका राजनीतिक पार्टीका कारण देश आर्थिक र राजनीतिक रुपमा झन् पछाडि धकेलिएको दावी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको