३० आश्विन २०७८, शनिबार

जनकपुरकी एक महिलाले जन्माइन् ४ सन्तान (३ छोरी,१ छोरा)



१६ भाद्र, काठमाडौं । जनकपुरमा एक महिलाले ३ छोरी १ छोरासहित ४ सन्तान जन्माएकी छन् । जनकपुरस्थित काब्य अस्पतालमा सोमबार २ः३० बजे उनले ४ शिशुलाई जन्म दिएकी हुन् ।

स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. सोनिया सिंहको नेतृत्वमा शल्यक्रियामार्फत् ४ शिशुलाई जन्म दिएको अस्पतालले जनाएको छ । जनकपुर संकटमोचनकी अर्मना खातुनले ती सन्तानलाई जन्म दिएकी हुन् ।

चार सन्तानमध्ये ३ छोरी र १ छोरा छन् । तीनवटी छोरी प्रत्येकको १ किलो ३ सय ग्राम र छोराको १ किलो ६ सय ग्राम तौल रहेको अस्पतालकी आइसीयू प्रमुख चन्दा झाले बताइन् ।

चारवटै शिशहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र आमाको स्वास्थ्यमा समस्या देखिएपछि आइसीयूमा राखिएको अस्पतालका कर्मचारी पिन्टुकुमार झाले बताए ।

काब्य अस्पतालमै नियमित स्वास्थ्य जाँच गराउँदै आएकी खातुनको गर्भमा ४ वटा बच्चा रहेको पहिले नै थाहा थियो । चिकित्सकले दिएको समय र परामर्श अनुसार उनि आजै अस्पताल भर्ना भएकी थिइन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको