११ मंसिर २०७८, शनिबार

जोर्डनसँग नेपाल ३–० ले पराजित



२५ जेष्ठ, काठमाडौं । फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को कुवेत सिटीमा भएको संयुक्त छनौंटको दोस्रो चरणको खेलमा नेपाललाई जोर्डनले पराजित गरेको छ। सोमबार राति भएको खेलमा नेपालमाथि जोर्डनले ३–० गोलको जित हाँसिल गरेको हो।

जोर्डनको जितमा फैसनले खेलको २३ मिनेटमा पेनाल्टीमार्फत् पहिलो गोल गरेका थिए । रोहित चन्दले जोर्डनका खेलाडीलाई लडाएपछि पेनाल्टी दिइएको थियो। फैसनले नै खेलको ४८ मिनेटमा फ्रिकिकमार्फत् दोस्रो गोल पनि गरे । जोर्डनका लागि तेस्रो गोल खेलको ६७ मिनेटमा अबोउ अल अरबले गरेका थिए ।

खेलको अन्त्यतिर नेपालका लागि अन्जन विष्ट र नवयुग श्रेष्ठले अवसरको सदुपयोग गर्न सकेनन्। समूह ‘बी’ ६ अंक जोडेर चौथो स्थानमा रहेको नेपालले अब अन्तिम खेल खेल्न बाँकी छ।

नेपाली फुटवल टिमले अन्तिम खेल जेठ २८ गते अस्ट्रेलियासँग खेल्ने तालिका रहेको छ। सोमबार जोर्डनसँगै पराजित भएसँगै नेपाल एसियन कपको तेस्रो चरणमा सिधैं पुग्ने सम्भावना लगभग समाप्त भएको छ। यद्यपी नेपाललाई प्लेअफबाट तेस्रो चरणमा पुग्ने झिनो अवसर भने बाँकी छ।

नेपालविरुद्ध पराजित गरेसँगै जोर्डन १३ अंक जोडेर अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ भने शीर्ष स्थानको अस्ट्रेलियाको १५ अंक छ। कुवेत १० अंकसहित तेस्रो स्थानमा छ भने चौथो स्थानको नेपालको ६ अंक छ। सबैभन्दा पछाडि चाइनिज ताइपेईले भने अंक जोड्न सकेको छैन।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको