१४ जेष्ठ २०८०, आईतवार

एमाले सांसदहरूले जोगाए सुदूरपश्चिम प्रदेश सरकार



२५ जेष्ठ, काठमाडौं । नेकपा (माआवादी केन्द्र) को नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेश सरकारले विश्वासको मत पाएको छ । प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव पेश गरेपछि उनको पक्षमा बहुमत पुगेको हो ।

प्रदेश मुख्यमन्त्री भट्टले नेकपा (एमाले) भित्रको विवादकै कारण विश्वासको मत लिनुपर्ने अवस्था आएको हो । एमालेकै सांसदको मतको कारण उनको सरकार पनि जोगिएको छ । प्रदेशसभामा भएको मत विभाजनमा मुख्यमन्त्री भट्टको पक्षमा ३० मत प्राप्त भयो भने विपक्षमा ९ मत मात्र परे।

त्यस्तै नेपाली काँग्रेसमा १२ सांसद मतदान प्रक्रियामा नै सहभागी भएनन् । मुख्यमन्त्रीलाई माओवादीसहित एमालेले समर्थन गर्ने औपचारिक निर्णय गरेको थियो भने काँग्रेसले आवश्यकताअनुसार विश्वासको मत दिने निर्णय गरेको थियो । काँग्रेसले मुख्यमन्त्रीका पक्षमा विश्वासको मत पुग्ने भएपछि मतविभाजन प्रक्रियामा सहभागी भएन। प्रदेश सरकारमा रहेका ५२ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि २७ जनाको समर्थन आवश्यक हुन्थ्यो । आज ५१ प्रदेशसभा सदस्य मतदान प्रक्रियामा सहभागी भएका हुन् ।

प्रदेशसभामा नेकपा माओवादी केन्द्रका १३ सांसद छन् भने प्रदेशसभाको सबैभन्दा ठुलो दल रहेको एमालेका २५ सांसद रहेका छन् । तीमध्ये ७ जनामात्र ओली पक्षका छन् । एमालेको खनाल–नेपाल पक्षले भने वर्तमान सरकारमै सत्ता साझेदारी गर्दै आएको छ ।एमालेको सुदुरपश्चिम प्रदेश कमिटीले सरकारलाई विश्वासको मत नदिन ह्वीप जारी गर्नका लागि आफ्नो संसदीय दललाई निर्देशन दिएपनि त्यसको अवज्ञा गर्दै विश्वासको मत दिने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको