८ माघ २०७८, शनिबार

राष्ट्रपतिद्वारा माधव नेपाललाई प्रधानमन्त्री बनाउन ओलीसँग प्रस्ताव



२५ जेष्ठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)का वरिष्ठ नेता नेता माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेकी छन् ।

राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास गएका प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसमक्ष राष्ट्रपति भण्डारीले यस्तो प्रस्ताव राखेकी हुन् ।

भेटघाटमा एमाले एकता बचाएर लैजानु पर्नेमा राष्ट्रपतिले विशेष जोड दिएको जानकारी प्राप्त भएको छ । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच सोमबार राती भएको भेटमा यस्तो छलफल भएको हो ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली बीच भएको भेटघाटमा प्रतिनिधि सभा पुनःस्थापना गर्ने विषयमा समेत छलफल भएको जानकारी प्राप्त भएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको