१५ मंसिर २०७८, बुधबार

गुण्डाहरूसहित राजेन्द्र रावलद्वारा मन्त्री दीर्घ सोडारी माथि अभद्र व्यवहार



२५ जेष्ठ, धनगढी। सुदूरपश्चिम प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्री दीर्घ सोडारी माथी केही अराजक समुहले अभद्र व्यवहार गरेको छ । साझ ७: ३० बजे कञ्चनपुरका राजेन्द्र रावलसहितको समुहले मन्त्रीको कार्यकक्ष भित्रै प्रवेश गरी अभद्र व्यवहार गरेको हो ।

मन्त्रीका स्वकीय सचिव ललित बोहराका अनुसार मन्त्री आगामी बजेट सम्बन्धी छलफलमा व्यस्त रहेको मौका पारेर अंगरक्षक र नीजी सचिवालयलाई छलेर कार्यकक्षमै पसेर उनीहरूले अभद्र व्यवहार गरेका हुन ।

मन्त्री सोडारीको सचिवालयका अनुसार रावलले प्रदेश सभासँग सम्बन्धित विषयलाई लिएर मन्त्रीलाई धम्काउन गुण्डा लिएर मन्त्रालय प्रवेश गरेको जनाइएको छ । घट्ना लगत्तै मन्त्री सोडारीले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई सुरक्षा बारे जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको