मुटुरोग विशेषज्ञ डा. विकास सुवेदीको कोरोनाबाट निधन
२४ जेष्ठ, काठमाडौं। वरिष्ठ मुटु रोग विशेषज्ञ डा. विकास सुवेदीको कोरोना संक्रमणबाट निधन भएको छ ।
२५ दिनअघि कोरोना संक्रमित भई ह्याम्स अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेका ४२ वर्षका डा।सुवेदीको उपचारकै क्रममा गए राती निधन भएको भएको हो ।
उनी आफैले गौतम बुद्ध अन्तर्राष्ट्रिय कोर्डियाक अस्पतालका सञ्चालन समेत गरेका थिए । कोरोना संक्रमित भएपछि डा. सुवेदीले सोही अस्पतालमै उपचार गराइरहे पनि स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई १४ दिनअघि ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो ।