६ आश्विन २०८०, शनिबार

मेरो प्राथमिकता नेपालीलाई कोरोनामुक्त गर्ने होः स्वास्थ्यमन्त्री तामाङ



२४ जेष्ठ, काठमाडौं । नेपाल सरकारका नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले आफ्नो मुख्य प्राथमिकता कोरोना महामारीबाट नेपाली जनतालाई मुक्त गर्ने रहेको बताएका छन् ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा तामाङले आफू नागरिकको जीवन रक्षा गर्ने प्राथमिकता लिएर मन्त्रालय सम्हाल्न आएको बताए । उनले कोरोना महामारीबाट बच्न मुख्य प्राथमिकता खोप व्यवस्थापनमा दिएको बताए । मन्त्री तामाङले केही महिनाभित्र सबै नेपालीलाई खोप दिने गरी तयारी गरेको दावी गरे ।

खोप उत्पादक देशबाट खोप ल्याउन सबै किसिमका उपाय लगाउने समेत मन्त्री तामाङले जनाएका छन् । उनले कोरोना परीक्षण दर पनि बढाइने र गाउँगाउँसम्म एन्टिजेन विधिबाट कोरोना संक्रमण परीक्षण गरिने बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको