२२ जेष्ठ २०८०, सोमबार

अनर्गल प्रचारप्रति घनश्याम भुसालको आपत्ति



२४ जेष्ठ, काठमाडौं । नेकपा (एमाले) उप–महासचिव घनश्याम भुसालले फेरि आफूहरूका विरुद्ध अनर्गल प्रचार शुरु भएको बताएका छन् । उनले एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रूपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रूपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको दावी गरेका छन् ।

भुसालले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘पञ्चायत कालमा राजनीतिलाई विकृत बनाउने सत्ता संरक्षित समूह मण्डलेका रूपमा स्थापित भयो । पञ्चायत धराशायी हुनुमा त्यस समूहको कम्ति योगदान थिएन । त्यसबेलाका कतिपय पञ्चहरू नै त्यस समूहसँग आजित भएर संसदमै ‘सुकुलगुण्डा’ भनेर विरोध गरेको सम्झिन्छु । आज नेकपा एमालेको राजनीतिलाई विकृत बनाउन त्यस्तै समूह त खडा भएको छैन ? अनि परिणाम पनि त्यस्तै हुने त होइन ?’

उनले यस्तो हर्कत गर्नेहरूलाई ‘धेरैजसो सपेराहरू सर्पबाटै टोकिएका छन्’ भनी कडा प्रहार गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको