१६ आश्विन २०८०, मंगलवार

ओलीको आह्वान झुक्याउन, अलमलाउन र मिडिया कन्जम्सनको लागि होः झाँक्री



२३ जेष्ठ, काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष खड्गप्रसाद ओलीले पार्टी एकताका लागि भनी गरिएको आह्वान झुक्याउन, अलमलाउन र मिडिया कन्जम्सनको लागि मात्र हो भनी टिप्पणी गरेकी छन् ।

नेकपा एमालेको एकताको कुराः यो साच्चै एकताको लागि गरिएको भए एकता गर्नुपर्ने दुई पक्ष बीचमा सहमति गरि वरिष्ठ नेता कमरेड माधव नेपाल सहितको संयुक्त वक्तव्यको रूपमा आउनु पर्ने उनको भनाई छ ।

युवा नेतृ झाँक्रीले सामाजिक सञ्जालमार्फते भनेकी छन्, ‘अँझ गम्भिर कुरा त के छ भने बुदा नं. ४ मा अदालतमा दिएको हस्ताक्षर फिर्ता गरिनेछ भनिएको छ। यो कसले फिर्ता लिने ? फिर्ता लिने पक्षसँग यो वक्तव्य जारी गर्न सहमति वा संवाद आवश्यक पर्ने होईन र ? लोकतन्त्रको रक्षाको लागि संविधानलाई क्रियाशिल गराउन, संसद पुनस्थापना गर्न, हामी अदालतको ढोका ढकढकाउन पुगेका थियौँ। हामीहरूले यसको सुनिश्चिता बिना हस्ताक्षर फिर्ता लिने भन्ने प्रश्न नै आउँदैन।’

उनले यो एक प्रकारले पार्टी एकता हुन नदिने डिजाईनका साथ आएको वक्तव्य भएकाले यसप्रति भ्रममा नपर्न अनुरोध गर्दै विकसित घटनाक्रम र समग्र पछिल्लो राजनीतिक परिस्थितिवारे हाम्रो पार्टीको स्थायीको बैठक बसी संस्थागत धारणा दिने कुरा बताएकी छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको