१६ श्रावण २०७८, शनिबार

ओलीले गरेको आह्वानका विषयमा सामुहिक छलफल पछि मात्र प्रतिक्रिया दिन्छौंः घनश्याम भुसाल



२३ जेष्ठ, काठमाडौं । नेकपा (एमाले)का उप–महासचिव घनश्याम भुसालले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि सार्वजनिक वक्तव्यमार्फत् गरिएको आह्वानका विषयमा आफ्नो समुहभित्र सामुहिक छलफल गरिसके पछि मात्र आफ्नो धारणा दिने बताएका छन् ।

आज नकेपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमिटी र जनसंगठनहरू २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउने औपचारिक घोषणा गरेका छन् ।

ओलीले ६ बुँदे प्रस्ताव सहित ओलीले असन्तुष्ट झलनाथ खनाल–माधवकुमार नेपाल समुहलाई पार्टी एकतालाई रक्षा एवम् सुदृढ गर्न आह्वान गर्दै भनेका छन, ‘नेकपा एमालेलाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइनेछ । नेकपाको केन्द्रीय कमिटिका सदस्यहरूमध्ये एकताको पक्षमा उभिनु भएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशिल हुनेछन् ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु