२० माघ २०७९, शुक्रबार

ओलीद्वारा पार्टी एकताका लागि गरिएको आह्वान मूलत सकारात्मकः योगेश भट्टराई



२३ जेष्ठ, काठमाडौं । नेकपा (एमाले)का सचिव युवा नेता योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि गरिएको सार्वजनिक आह्वान मुलत सकारात्मक भएको टिप्पणी गरेका छन् । उनले कार्यदल स्तरको छलफललाई यो वक्तव्यले पुन निरन्तरता दिन बाटो खुलेको बताएका छन् ।

सारमा अध्यक्षको वक्तव्यले पार्टीको शिर्ष नेतृत्वका बीचमा सार्थक सम्वाद हुनेछ र नेकपा एमालेको एकतालाई अक्षुण राख्न मद्दत पुग्ने अपेक्षा लिएको भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ।

सामाजिक सञ्जालमार्फत् युवा नेता भट्टराईले भनेका छन्, ‘पार्टीका जिम्मेवार नेता कमरेडहरू सम्मिलित कार्यदलले स्पस्ट गर्नु पर्ने र मिलाउनु पर्ने थप बिषयहरुलाई समाधान गर्ने छ । सर्बोच्चमा विचाराधिन विषयमा सबै सम्भावनालाई ख्याल गर्दै र मूलत संविधानको रक्षा, लोकतान्त्रिक प्रकृयाको निरन्तरता र पार्टी एकताको खातिर एउटा तार्किक निश्कर्षमा पुग्नु उपयुक्त हुनेछ । हजार माईलको यात्रा पहिलो पाईलाबाट नै शुरु हुन्छ ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको