६ आश्विन २०७८, बुधबार

ओलीद्वारा एमाले एकताका लागि आह्वान, पार्टीलाई जेठ ३ अघिको अवस्थामा फर्काउने घोषणा



२३ जेष्ठ, काठमाडौं । नकेपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमिटी र जनसंगठनहरू २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउने औपचारिक घोषणा गरेका छन् ।

आइतबार ६ बुँदे प्रस्ताव सहित ओलीले असन्तुष्ट झलनाथ खनाल–माधवकुमार नेपाल समुहलाई पार्टी एकतालाई रक्षा एवम् सुदृढ गर्न आह्वान गरेका छन् ।

६ बुँदे प्रस्तावमा ओलीले भनेका छन, ‘नेकपा एमालेलाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइनेछ । नेकपाको केन्द्रीय कमिटिका सदस्यहरुमध्ये एकताको पक्षमा उभिनु भएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशिल हुनेछन् ।’

ओलीले गरेको आह्वानमा भनिएको छ, ‘यस बीचमा विभिन्न कमरेडहरूबाट भएका गल्ती तथा कमी कमजोरीलाई लिएर कुनै कारवाही गरिने छैन, पूर्वाग्रह राखिने छैन र कुनैपनि भदभाव गरिने छैन ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको