५ आश्विन २०७८, मंगलवार

क्यान्सर जित्न यी दुई फलहरू यसरी खाऔं ।



के तपाईं क्यान्सरसँग लड्ने यी २ फलहरूको बारेमा जान्न तयार हुनुहुन्छ ? यो अनौंठो किसिमको खोज आज यहाँ तपाईंसँग साझेदारी गरिने छ । यी दुई क्यान्सरसँग लड्ने फलहरूले तपाईंलाई स्वस्थ र क्यान्सरमुक्त राख्ने काम गर्न सक्दछन् । आज हामी कागती र सुन्तलाको बारेमा कुरा गर्नेछौं । यी दुई फलहरूले प्राकृतिक र प्रभावकारी तरिकाले क्यान्सरसँग लड्दछन् । यी दुई फलहरूबाट प्रतिरक्षा शक्ति बढाउने र क्यान्सरसँग लड्ने पेय बनाउन हामीले फल मात्र होइन तर यसको बोक्रा पनि प्रयोग गर्नु पर्दछ ।

हामी क्यान्सरसँग लड्न यी फलहरूको चिया बनाउछौं र हामी बोक्रा पनि प्रयोग गर्नेछौं। दुई दाना कागती र दुई सुन्तला (ग्रेप फ्रुट)का फलहरू राम्रोसँग भिजाएर राम्ररी धुनुहोस् । सकभर यो जैविक हुनु पर्दछ किनकि हामी बोक्रा प्रयोग गर्दैछौं । बोक्रा राम्ररी निकालेर भाँडोमा राख्नुहोस्, ३ कप पानी थप्नुहोस् र ढक्कन लगार्इ मन्द आगोमा यसलाई उमाल्नुहोस् । मन्द आगोमा राम्ररी गलेर पाकेपछि त्यसलाई निचोरेर रस निकाल्नु पर्दछ । तपाईंले बाँकी २ वटा कागती र २ वटा सुन्तलाका फलको भित्रीभाग टुक्रा पार्नु हुनेछ र त्यसको रस निचोरेर निकाल्ने । पकाएको बोक्राको रसमा फ्रेस कागती र सुन्तलाकै रस एक ठाउँमा मिसाइ बोतलमा प्याक गरी फ्रिजमा राख्ने र दिनको २ पटक २–२ चम्चा पिउने । यसले क्यान्सर हुन नदिन र क्यान्सर भइसकेको अवस्थामा पनि क्यान्सरका सेल कमजोर र नस्ट बनार्इ यो भयानक रोगबाट मुक्ती पाउन मद्दत गर्दछ । बाँकी रहेको कागती र सुन्तलाको गुदी फ्रीजमा राखि अर्को दिनहरूमा तातो पानीमा राखेर चिया बनाएर पिउन सक्नुहुन्छ । परम्परागत अझ पूर्वीय ज्ञान पद्धतिमा यस्ता अनुभवजन्य आरोग्य ज्ञानहरू पहिला देखि नै भएता पनि क्यान्सरसँग लड्ने फलफूलहरूका बारेमा वैज्ञानिक तरिकाले पुष्ट्यार्इ हालसालै मात्र हुन थालेका छन् ।

अमेरिकाको नेसनल इन्सिच्युट अफ हेल्थले सन् २०२० मा मेमा गरेको एक अध्ययनले देखाएको छ कि सुन्तला जातका फलफूलका बोक्राले क्यान्सर रोक्न मद्दत गर्दछ । हाम्रो शरिरमा एन्जोजेनेसिसको प्रक्रियाले रक्तनलीहरू प्रभावकारी काम गर्न नसक्दा ट्यूमर बन्ने र सम्पूर्ण शरीरमा मेटास्टाइज गर्न थाल्छ। मानिसहरूलाई क्यान्सर छ वा क्यान्सर छैन भन्ने कुरा थाह हुँदैन किनकी हामी कुनै लक्षणहरू अनुभव गरिरहेका नहुन पनि सक्दछौ ।

नेसनल इन्स्टिच्युट फर हेल्थको अध्ययनले पत्ता लगाएको छ कि अमिलो जातका फलफूल ९ऋष्तचगक० का बोक्रा र फलले हाम्रो शरिरमा हुने कार्सिनोजेनिक प्रभावसँग लड्न मद्दत गर्दछ । त्यसबाट क्यान्सर कोषहरूबाट बन्ने प्रक्रियालाई रोक्दछ । क्यान्सर कोष मर्नुको अर्थ हो कि तिनीहरू तपाईंको शरीरबाट बाहिर निस्किरहेका हुन्छन् । यी फलहरूले क्यान्सरसँग सङ्घर्ष गर्दछन् किनकि ती रक्त नलीहरूको क्षमतालाई बढाइ क्यान्सर बनाउने मेटास्टेसिस प्रक्रिया रोक्न मद्दत गर्दछन् ।

अव यी खाद्य पदार्थहरू कागती र सुन्तला जातका फलफूलहरूबाट एक प्रकारको आवश्यक तेल प्राप्त हुन्छ । रस र गुदीबाट विटामिन सि, फाइवर र अन्य तत्व पाइनेछ । भिटामिन सि आफैले पनि शरिरको रोग प्रतिरोधक क्षमतालाई बढाउँदछ । बोक्रा हल्का पकाएर निस्किएको रस या लेदो दहीमा राखेर, दलिया, सलाद, चियाका रूपमा तपाईंको आहारमा प्रतिदिन लिनसक्नु हुन्छ। यसबाट तपाईं क्यान्सरबाट सुरक्षित रहन सक्नु हुनेछ । प्रकृति माताले दिएको धेरै खाद्य पदार्थको सही उपभोगले हामी क्यान्सरबाट आफूलाई बचाउन सक्दछौं ।

स्रोतः विब्लिकल न्यूट्रिसननिस्ट र सम्बन्धित अन्य स्रोतहरू
अनुवाद तथा लेखनः नेचुरालय नेपाल


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको