जे देखें, देख्नु नपर्ने देखें !
एक मुठ्ठी अक्सिजन नपाएर मरेका ‘लास’हरूकै भोटले उकालो लागेकाहरू !
महामारिमा ‘एसी’को चिसो हावा खाँदै रमाएको देखें !!
जुन अस्पताल उद्द्घाटन गर्न उहाँ हेलिकप्टरमा आइबक्सेको थियो !
त्यहीँ सुत्केरी डोकोमा अनि भिमे सार्कीको लास ट्याकटरमा गएको देखें !!
केही टुक्रा सिटामोल पुर्याउन नसक्ने आज–भोलीका नयाँ अनुहारहरू !
देशको टुप्पोमा बसेर, देशलाई नै टुक्रयाउँछु भनेको पो त देखें !!
डा. के सी बालरोग विशेषज्ञ हुन् ।