१२ जेष्ठ २०८०, शुक्रबार

अर्थ मन्त्रालयद्वारा स्टार्टअप व्यवसायलाई ऋण दिन कार्यदल गठन



२३ जेष्ठ, काठमाडौं । नेपाल सरकार अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८(७९ को बजेटमा निजी क्षेत्रसँग सम्बन्धित कार्यक्रम कार्यान्वयनको तयारी गर्न कार्यदल गठन गरेको छ । मन्त्रालयले आइतबार निजी क्षेत्रका प्रतिनिधिमूलक संघसंस्थासँग छलफल गरी स्टार्टअप व्यवसाय र कार्यस्थलमा आधारित तालिम तथा रोजगारी कार्यक्रमसम्बन्धी गृहकार्य गर्न एक छुट्टै कार्यदल गठन गरेको हो ।

अर्थ मन्त्रालयका सहसचिव महेश भट्टराईको संयोजकत्वमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय योजना आयोगका साथै नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका प्रतिनिधि कार्यदल गठन गरिएको छ । आर्थिक वर्ष २०७८/७९ सुरु भएसँगै कार्यक्रम कार्यान्वयन गर्ने गरी असार मसान्तभित्रै आवश्यक कार्यविधि र कार्ययोजना बनाउने कार्यदलका संयोजक भट्टराईले बताए ।

आगामी आर्थिक वर्षमा युवा उद्यमीलाई स्टार्टअप व्यवसायमा संलग्न हुन उत्प्रेरित गर्ने उद्देश्यले परियोजना धितो राखी एक प्रतिशत व्याजदरमा २५ लाख रुपैयाँसम्म बीउ पुँजी कर्जा उपलब्ध गराउने बताइएको छ । सो कामका लागि १ अर्ब रुपैयाँको च्यालेन्ज फण्ड स्थापना गर्ने कुरा बजेटमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको