६ आश्विन २०७८, बुधबार

हामीलाई बिदा गर्नुहोस्, नेतृत्वमा नयाँ पुस्तालाई अघि सार्नुस्ः झलनाथ खनाल



२२ जेष्ठ, काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकमा कम्युनिष्ट आन्दोलन बचाउन नयाँ पुस्ता अगाडि सर्नुपर्ने बताएका छन् । उनले ७० वर्ष पुगेको पुस्तालाई बिदा गरी नयाँ पुस्तालाई आन्दोलन हाक्न आग्रह गरे ।

बरिष्ठ नेता खनालले भने, ‘हामी ७० वर्ष हाराहारी पुग्यौं । अब हामीलाई छोडेर भएपनि युवाहरू अगाडि बढ्नुपर्छ । केही काम दिनुहुन्छ भने तयार छौं । तर कम्युनिष्ट आन्दोलन बचाउन युवाहरू अगि बढ्नुपर्छ ।’

एमाले धारका संस्थापक नेता खनाल २०३९ सालमा नेकपा मालेका महासचिव बनेका थिए । त्यसपछि २०६४ सालमा भएको पार्टीको ८ औं महाधिवेशनबाट केपी ओलीलाई पराजित गर्दै खनाल एमालेको अध्यक्ष बनेका थिए । केन्द्रीय कमिटीको भर्चुअल बैठकमा अब आफ्नो पुस्ताका नेताहरु नेतृत्वबाट अलग हुनुपर्ने खनालले प्रस्ताव गरेका हुन् ।

खनालेले ओलीबाट कम्युनिष्ट आन्दोलन नबच्ने बताउँदै भने, ‘केपी ओली कम्युनिष्ट नै होइनन् । उनबाट आन्दोलन जोगिंदैन । पार्टी एजेण्डामा बाँच्नुपथ्र्यो । तर दक्षिणपन्थतिर गयो । त्यसका विरुद्ध संघर्ष गर्नुपर्छ ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको